मेलम्ची र बरुवामा पहिरोमा पुरिएर मृत्यु भएकाप्रति सिन्धु काँग्रेसद्धारा दुख व्यक्त

मेलम्ची । मेलम्ची र बरुवामा पहिरोमा पुरिएर ज्यान गुमाउनु परेको घटनाप्रति नेपाली काँग्रेस सिन्धुपाल्चोकले दुख व्यक्त गरेको छ ।
जिल्ला सचिव बिल बहादुर तामाङद्धारा जारी विज्ञप्तिमा मेलम्ची ११ मा ८ मजदुर सुरतिरहेको अवस्थामै पहिरो आएर पुरिएर मृत्यु हुनु र थाङ्पालधाप २ बरुवामा घरमा सुतिरहेको अवस्थामा पहिरो आएर दम्पतीको मृत्यु भएको घटनाले नेपाली कााग्रेस स्तब्ध भएको उल्लेख छ ।
उक्त पहिरोमा पुरिएर घाइते भएका एक मजदुरको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै काँग्रेसले पहिरोमा ज्यान गुमाउने प्रति श्रदाञ्जली अर्पण गरेको छ ।
घाइतेको उचित औषधोपचार गर्न र मृतकका परिवारलाई उचित क्षतिपुर्तिको व्यवस्था गर्न सम्बन्धित निकायलाई काँग्रेस जोडदार माग गर्दछ विज्ञप्तिमा भनिएको छ ।
साथै काँग्रेसले विपदको समयमा आफ्ना कार्यकर्तालाई उद्धार राहतमा जुट्न पनि निर्देशन दिएको छ । आइतबार राति आएको पहिरोमा पुरिएर सिन्धुपाल्चोकमा १० जनाले ज्यान गुमाएका थिए । एकको जिवितै उद्धार गरिएको थियो ।
क्याटेगोरी : राजनीति
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस