बुधबार, असोज १७, २०८०
गृहपृष्ठराजनीतिक्यान्सर पीडित पूर्व लडाकु तामाङलाई काँग्रेस नेता बस्नेतले दिए ५० हजार उपचार खर्च

क्यान्सर पीडित पूर्व लडाकु तामाङलाई काँग्रेस नेता बस्नेतले दिए ५० हजार उपचार खर्च


काठमाडौ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले माओवादी द्वन्द्वमा घाइते भइ क्यान्सर रोग बाट पीडित नैनबहादुर तामाङलाई ५० हजार उपचार खर्च सहयाेग गरेका छन् । भक्तपुरस्थित पीडित बसिरहेको स्थानमै पुगेर बस्नेत, वाग्मती प्रदेश सभा सदस्य निमा लामा र सुनकोसी गाउँपालिका अध्यक्ष विनाेद जिसिले ५० हजार सहयाेग गरेका हुन् ।
सुनकोसी गाउपालिका -५ का तामाङ क्यान्सरसँग लडिरहेका छन् । पुर्व लडाकु समेत रहेका तामाङकाे विभिन्न माेर्चा सम्हालेर लड्ने क्रममा घाइते हुँदा लागेकाे छर्राहरु ननिकाल्दा क्यान्सर भएको हाे ।
लामाे समय परिवर्तनका खातिर तत्कालीन जनयुद्धमा हिडेका उनी बिरामी परेर अाैषधाेपचार गर्न खर्च नभएको समाचार अाएपछि बस्नेतले सहयाेग गरेका हुन् । पीडित तामाङले तत्कालीन माअाेवादीका नेताहरुकाे घर घर धाउँदा पनि कुनै सहयाेग नपाएको गुनासाे गरेका छन् ।

क्याटेगोरी : राजनीति, समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!