बाग्मती प्रदेशले बाढीपीडितलाई गुलियो आश्वासन मात्रै दियोः प्रदेश सभा सदस्य रमेश पौडेल

काठमाडौं । बाग्मती प्रदेश सभा सदस्य रमेश पौडेलले सिन्धुपाल्चोकका बाढी पीडितहरुको व्यवस्थापनमा स्थानीय सरकारले गरेको प्रयास पर्याप्त नभएको बताएका छन् ।
प्रदेश सभामा आज बोल्दै पौड्यालले हजारौ विस्थापित, सयौं घरमा क्षति भएको अवस्थामा स्थानीय तहहरुले गरेको प्रयासले मात्रै पर्याप्त नभएको बताएका हुन् । उनले यसै प्रदेशको सिन्धुपाल्चोक बाढीपहिरोबाट पीडित भएपनि पीडितको राहत, उद्धार र व्वस्थापनमा प्रदेश सरकार कही नदेखिएको बताए ।
`चाहेको भए स्थानीय सरकारसँग समन्वय गरेर प्रदेश सरकार जान सक्थ्यो उनले भने, तर केही मन्त्रीहरु हेलिकप्टरमा सवार भएर गुलियो आश्वासन मात्रै बाँडर आए ।` पीडित भएका र घरबार नै गुमाएकाहरु राहत र उचित व्यवस्थापनको पखाईमा तड्पिरहेको बेला प्रदेशका मन्त्रीहरु नगरपालिकाले दिएको किरिया खर्चमा थप राहत दिने उधारो बचन दिएर आएकोमा दुख व्यक्त गरे ।
बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका ठाउँ ठाउँमा बाढी पहिरोका कारण हजारौं विस्थापित भएका छन् भने सयौं घर पूर्ण रुपमा क्षति भएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस