शनिबार, असोज ६, २०८०
गृहपृष्ठराजनीति३० दिनभित्र अरनिको राजमार्ग खुल्छ : अध्यक्ष राजकुमार पौडेल(भिडियोसहित)

३० दिनभित्र अरनिको राजमार्ग खुल्छ : अध्यक्ष राजकुमार पौडेल(भिडियोसहित)


बाह्रबिसे । भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बाढी र पहिरोले ठाउँमा ठाउँमा ध्वस्त बनाएको अरनिको राजमार्ग एक महिना भित्र खुल्ने दाबी गरेका छन् । सभामुख अग्नि सापकोटा, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङ, प्रदेश मन्त्री र नेकपा केन्द्रीय सदस्यहरुसँग काठमाडौंमा भएको बैठकमा अरनिको राजमार्ग चाँडै खोलाउन पहल गर्ने सहमति भएको बताएका छन् ।

सिन्धु खबरसँग कुरा गर्दे उनले २५, ३० दिनभित्र अरनिको राजमार्ग सुचारु गर्ने आश्वासन पाएको बताए । भौतिक मन्त्री नेम्बाङले हामी २४ सै घण्टा काम गरेर बाटो खुलाउन तयार छौं स्थानीय अवरोध तपाइहरुले मिलाउनुपर्छ भन्नुभएको छ अध्यक्ष पौडेलले भने, ‘स्थानीय अवरोध मिलाउन स्थानीय तह तयार रहेको बताएपछि बाटो खोलाउने काम छिट्टै सुरु हुने आश्वासन पायौं ।’ पानी परिरहेको र पहिरोको जोखिम कायमै रहेकाले काम गर्न भने समस्या छ ।

चार वटा स्काभेटर तयारी अवस्थामा रहेपनि खागदलसम्म त्यसले बाटो छिचोल्न सकेको छैन् । अध्यक्ष पौडेलले भने, `दुई तीन ठाउँमा बेलिब्रिज नै हाल्नुपर्छ त्यसको लागि पहल भैरहेको छ ।` जम्बु र बुल्कोटेमा ठाडो खोलाले गरेको वितण्डाले गाउँ नै बगाएको छ भने अझै २० जना बेपता छन् । जुरेदेखि माथि ठाउँ ठाउँमा सय दुई सय मिटरजति सडक बाढीले बगाएको छ भने कति ठाउँमा बाटो कटान गर्दा बाह्रबिसे माथि भौतिक सम्पर्क टुटेको छ । जसका कारण बहुचर्चित तातोपनी नाका हुँदै भित्रने सामानहरु भन्सारमा नै अलपत्र परेका छन् । सर्वसाधारणको उद्धार, राहत र व्यवस्थापनमा कठिनाई भैरहेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!