Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठराजनीतिनेबिसंघ नेताले गरे बाढीपीडितलाई लत्ताकपडा सहयोग

नेबिसंघ नेताले गरे बाढीपीडितलाई लत्ताकपडा सहयोग


बाह्रबिसे । नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिद्यार्थी संघका नेता सिद्धार्थ खत्रीले बाढीपीडितलाई लत्ताकपडा बितरण गरेका छन् । नेता खत्रीको नेतृत्वमा बाह्रबिसे नगरपालिका ५ जम्बुका १७ घरधुरीका बाढीपीडितलाई पोशाक बितरण गरिएको हो । महिला, पुरुष, बालबालिकालाई पोशाक सहयोग गरिएको हो ।

असार २५ गते एल्मो ठाडो खोलामा आएको भीषण बाढीले स्थानीय जम्बुबासीको घर बगाएको थियो । स्थानीयले घरबाट लत्ताकपडा र अन्न केही पनि झिक्न समेत पाएका थिएनन् । सो कारण पीडितलाई लत्ताकपडा समेतको अभाव भएको थियो । केही मात्रमा भएपनि सो अभाव युवा समाजसेवी समेत रहेका खत्रीले पूरा गरिदिएका हुन् ।

खत्रीकै पहलमा जम्बु बाढीपहिरोमा जनधन गुमाएका परिवारलाई नगद १ लाख २० हजार सहयोग पनि बितरण गरिएको थियो । केही दिनपछि खत्रीले बाढीपीडितलाई औषधी पनि सहयोग गर्ने बताएका छन् ।

बाढीपहिरो र महामारीमा जनधन गुमाएका परिवारको जीवनयापनमा सहजता होस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको खत्रीले बताए । बाढीपीडितलाई बिभिन्न ब्यक्ति, तीनै तहका सरकार, संघसंस्थाको सहयोग हुदैं आएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!