Techie IT
Sunday, October 25,2020 / आईतबार, कात्तिक ९, २०७७
×
गृहपृष्ठराजनीतिकाँग्रेस नेता लामाले बाँडे राहत

काँग्रेस नेता लामाले बाँडे राहत


बाह्रबिसे । असार २५ गते राती बाह्बिसे नगरपालिका ३ खाग्दलमा आएको भीषण बाढीले जनधन गुमाएका पीडित परिवारलाई नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि प्रेम लामाले ब्यक्तिगत सहयोग गरेका छन् ।

खागदलका २५ घरधुरीलाई तीस किलो चामाल, एक लिटर तेल, दाल, नुन, साबुन, मञ्जन, पोशाक बितरण गरेका छन् । पारिवारिक खर्च कटाएर बाढी पीडितलाई सहयोग गरेको लामाले जानकारी दिएका छन् ।

त्यस्तै बाह्बिसे ९ का समाजसेवी युवा सुर्दशन थापाले बाढी पीडितलाई नगद ५० हजार सहयोग गरेका छन् । लामा र थापा संगै खागदल पुगेर उक्त सहयोग गरेका हुन् ।

महिला संघ क्षेत्रिय सभापति लक्ष्मी श्रेष्ठ, कविता गुरुङ, सानुमाया तामाङ, नोबु मोत्तान र ज्ञानु परियार लगायतका नेता कार्यकर्ता खाग्गदल पुगेर सहयोग गरेका हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस