गृहपृष्ठ ∕ राजनीति ∕ जम्बु बाढीपहिरो पीडितलाई काँग्रेसको ग्याँस सहयोग,यसरी बोकेर पुर्याएका थिए सिलिण्डर (फोटोफिचर) जम्बु बाढीपहिरो पीडितलाई काँग्रेसको ग्याँस सहयोग,यसरी बोकेर पुर्याएका थिए सिलिण्डर (फोटोफिचर) सिन्धु खबर असार ३०, २०७७ गते १६:३२ मा प्रकाशित बाह्रबिसे । बाह्रबिसे नगरपालिका ९ का वडाध्यक्ष तथा स्थानीय काँग्रेस नेता सानु लामालगायतको पहलमा जम्बु बाढी तथा पहिरो पीडितलाई ३२ सेट ग्याँस चुल्हो र ग्याँस वितरण गरिएको छ । जम्बु बाढीपहिरो पीडितलाई आज ३५ सेट ग्याँस वितरण गरिएको हो । यसअघि काँग्रेसका विभिन्न तहका नेताले त्रिपाल, खाद्यान्न वितरण गरेपनि पकाएर खाने चुल्होको अभाव भएपछि ग्याँस सहित चुल्होको व्यवस्था गरिएको वडाध्यक्ष लामाले जानकारी दिए । उनले भने, `अब अस्थायी रुपमा बसेकालाई पकाएर खाने व्यवस्था भयो खुशी लागेको छ ।` ग्याँस चुल्हो बोकेर तरुण दल नगर अध्यक्ष छिरिङ लामा, तरुण दल जिल्ला सदस्य अनिल लामालगायतका तरुणहरु जम्बु पुगेका थिए । लामाले आफ्नो फेसबुकमा पनि जम्बुमा भएको मानवीय र भौतिक क्षतिप्रति आफू भावुक भएको र अतिआवश्य सामान दिने साथीहरुबीच सल्लाह भए बमोजिम ग्याँस चुल्हो र सिलिण्डर ३५ परिवारलाई सहयोग गरेको उल्लेख गरेका छन् । ग्याँससहितको चुल्हो पाएर स्थानीय बाढीपीडितहरु खुशी भएका छन् । काँग्रेसले यसअघि आर्थिकसहित पीडितहरुलाई खाद्यान्न सहयोग गरेको थियो । क्याटेगोरी : राजनीति ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेकपा(आेलीपक्ष) ईन्द्रावतीमा विभिन्न संगठन गठन खेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध सिन्धुपाल्चोककाे सबै वडामा कांग्रेसकाे बिराेध नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ? धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?