Techie IT
Saturday, December 5,2020 / शनिबार, मंसीर २०, २०७७
×
गृहपृष्ठराजनीतिबाढीपहिरो पीडितको व्यवस्थापनमा युवा संघ सक्रिय

बाढीपहिरो पीडितको व्यवस्थापनमा युवा संघ सक्रिय


बाह्रबिसे। बाह्रबिसे नगरपालिका ५ जम्बु, खागदलमा बाढी र पहिरोले बित्यास पारेपछि राष्ट्रिय युवा संघ नेपाल सक्रिय भएको छ । राहत, उद्धार र व्यवस्थापनमा युवासंघ सिन्धुपाल्चोकले सक्रियता देखाएको हो । युवा संघका जिल्ला संयोजक सविन आचार्यका अनुसार बाढी आएको केही दिनपछि नै युवासंघका जुझारु युवाहरु फिल्डमा नै खटिए ।

उनीहरुले विस्थापितहरुको व्यवस्थापनका लागि नगरपालिकासँगको समन्वयमा गरेका काम उदाहरणीय छन् । सडक सञ्जालबाट विच्छेद भएको बाह्रबिसे माथिका भेगहरुमा टेण्ट, ओढ्ने ओछ्याउनेका सेटहरु र खाद्यान्नहरु युवासंघका युवाहरुले काँधमा बोकेरै पुर्याएका थिए ।

संयोजक आचार्य भन्छन्, ‘यो विपदको अवस्था हो केही हामीले आफ्नै सहयोगमा र केही नगरपालिकाको सहयोगमा बाढीपीडितको राहत, उद्धार र व्यवस्थापनको कार्य गरिरहेका छौं, साथीहरुले काँधमा नै अतिआवश्यक सामानहरु बोकेर पीडित भएको ठाउँमा पुर्याउनुभएको छ ।’ युवासंघले श्रमदान मात्रै गरेन विपदमा परेकाहरुलाई नगद राहत पनि सहयोग गरेको छ । युवासंघ सिन्धुपाल्चोकले बाह्रबिसे नगरपालिकाको विपद व्यवस्थापन कोषमा दुई लाख सहयोग गरेको हो ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस