गृहपृष्ठ ∕ राजनीति ∕ सिन्धुपाल्चोकमा बाढी पहिरोबाट भएको क्षतिको नेविसंघद्धारा दुख व्यक्त सिन्धुपाल्चोकमा बाढी पहिरोबाट भएको क्षतिको नेविसंघद्धारा दुख व्यक्त सिन्धु खबर असार २६, २०७७ गते १९:२२ मा प्रकाशित चौतारा । नेपाल विद्यार्थी संघका महामन्त्री बल्देव तिमल्सिनाले भोटेकोशी बाढीमा परेर मृत्यु भएका र बेपता भएकाहरुको खबरले आफू दुखी भएको बताएका छन् । महामन्त्री तिमल्सिनाले एक विज्ञप्ति जारी गर्दै घटनामा पीडित परिवारको राहत र उद्धारमा उचित ध्यान दिन सम्बन्धित निकायलाई माग गरेका छन् । यसैबीच सिन्धुपाल्चोक नेविसंघले पनि भोटेकोशी बाढीले मच्चाएको वितण्डाबारे गहिरो दुख व्यक्त गरेको छ । आज नेविसंघका कार्यवाह सभापति नविन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै भिषण पहिरो र बाढीबाट जिल्लाको लिस्ती, जम्बु बजार, चाकु बजार, खाग्दल, खुर्सानीबारी र जुगल २ लिदीमा ठूलो संख्यामा जनधन क्षति भएको प्रति संघले दुख व्यक्त गरेको छ । बाढी पहिरोमा परि मृत्यु भएकाप्रति श्रदाञ्जली अर्पण गर्दै बेपत्ताको खोजी गर्न र विस्थापितको राहत र उद्धारमा तदारुकता देखाउन संघले सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । नेविसंघले सिन्धुपाल्चोकका सुनकोशी, भोटेकोशी, ब्राम्हयणीलगायत नदीहरुमा पानीको वहाव उच्च रहेकाले सुरक्षित स्थानमा रहनपनि सबैलाई आग्रह गरेको छ । क्याटेगोरी : राजनीति ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोरोना संक्रमण र विपत्तिमा सिन्धुमा खटिनेलाई काँग्रेस नेता बस्नेतले सम्मान… सिन्धुपाल्चोकमा नेकपा जिल्ला कमिटि विस्तारमा हानथाप, ओली समूहले थप्यो १… मन्त्रीको ‘अफर’ आएपछि ओली तिरै फर्के तामाङ यसै साता सिन्धुपाल्चोकमा प्रचण्ड-माधव समूहमा ठूलो धक्का लाग्छः महेश बस्नेत धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे