गृहपृष्ठ ∕ राजनीति ∕ ४ सय ६० गाउँपालिकामध्ये ४ सय ३ को बजेट आयो, महासंघद्धारा धन्यवाद ज्ञापन ४ सय ६० गाउँपालिकामध्ये ४ सय ३ को बजेट आयो, महासंघद्धारा धन्यवाद ज्ञापन सिन्धु खबर असार ११, २०७७ गते १८:०२ मा प्रकाशित चौतारा । स्थानीय तहहरुले संघीय सरकारले तोकिएको समयमै बजेट ल्याउन सकेकोमा गाउँपालिका राष्ट्रिय महासंघले सबै स्थानीय सरकारलाई धन्यवाद व्यक्त गरेको छ । देशभर भएका ४ सय ६० गाउँपालिकामध्ये ४ सय ३ ले बुधबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । कोभिड-१९ को अग्रपंक्तिमा रहेर कार्य गरिरहेको व्यवस्ताको बीचपनि संविधान र कानुनले तोकिएको समयमा जिम्मेवारीलाई प्राथमिकता दिई तोकिएको समयमा नीति तथा कार्यक्रम ल्याउनु हुने सबै गाउँपालिकालाई धन्यवाद ज्ञापन गर्दछौं महासंघका अध्यक्ष होम नारायण श्रेष्ठद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ । विविध कारणवश नीति तथा कार्यक्रम समयमा ल्याउन नसकेका गाउँपालिकाहरुले पनि यथाशक्य छिटो नीति तथा कार्यक्रम ल्याउने महासंघले विश्वाश व्यक्त गरेको छ । केही स्थानीय तहमा जनप्रतिनिधिको निधन, प्रशासकीय अधिकृत नहुनु, गाउँपालिका प्रमुख तथा उपप्रमुखमा कोरोना संक्रमण देखिनु जस्ता समस्याले केही गाउँपालिकाले तोकिएको समयमा नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् । महासंघले ल्ल्याएको नीति तथा कार्यक्रमबारे गाउँसभामा व्यापक छलफल गरेर तोकिएको मिति भित्र पारित गर्न सबै स्थानीय सरकार सक्षम हने विश्वास लिएको छ । स्थानीय सरकारले बजेट पनि समयमै ल्याउन सक्दैनन् भन्दै हामीसामू लागेका आलोचना यसवर्षबाट अन्त्य गर्नेछौं विज्ञप्तिमा भनिएको छ । क्याटेगोरी : राजनीति ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तहगत समायोजन र क्रियाशील विवादकाे टुंगो बस्नेत र लामाले लगाउने प्रेस चाैतारी सिन्धुपाल्चोककाे संयाेजक र सहसंयाेजकमा आचार्य र नेपाल सिन्धुपाल्चोकमा माओवादीकाे कार्यालय स्थापना मेलम्चीको मुहानमा किसुनजीको शालिक बनाउँछौंः विभाग प्रमुख बस्नेत धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम