बुधबार, असोज १७, २०८०
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोक काँग्रेस सभापति लामा निर्दोष ठहर

सिन्धुपाल्चोक काँग्रेस सभापति लामा निर्दोष ठहर


चौतारा । नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामा निर्दोष ठहर भएका छन् । लामा विरुद्ध वैदेशिक रोजगार न्यायाधिकरण सम्बन्धि परेको मुद्दा सर्वोच्च अदालतले सुनुवाइ गर्दै आज लामाको पक्षमा फैसला गरेको छ ।

उक्त मुद्दाको वैदेशिक रोजगार न्यायाधिकरणले २ बर्ष अगाडी लामाकै पक्षमा फैसला गर्दै विपक्षीलाई पाँच हजार जरिवाना गरेको थियो। आज बसेको सपना मल्ल र बम कुमार श्रेष्ठको संयुक्त इजलासले लामालाई सफाइ दिँदै निर्दोष ठहर गरेको हो ।

सभापति लामालाई वैदेशिक रोजगारी सम्बन्धका ठगी गरेको आरोपमा सर्वोच्चमा मुद्दा दायर गरिएको थियो । बिपक्षीको दावीसमेत न ठहरिने गरी सफाइ दिँदै अदालतले वादी धुनलाल गैरे र थिर नाथ सुवेदी लाई पाँच/पाँच हजार जरिवाना गरेको छ ।

गलत उजुरी दिने भन्दै वादीहरुलाई हदैसम्मको पाँच हजार जरिवाना तोक्ने कानुनी प्रावधान छ । आफू निर्दोष भएपछि प्रतिक्रिया दिँदै सभापति लामाले केही व्यक्तिहरुले आफूलाई फसाउन खोजेको तर नसकेको प्रतिक्रिया दिएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!