किताबको शुल्क लिने विद्यालयमाथि `कारवाही` हुन्छ: वडाध्यक्ष थापा (भिडियोसहित)

चौतारा । सुनकोशी गाउँपालिका वडा नम्बर-६ का वडाध्यक्ष रामकुमार थापाले कोल्दोङदेवी माविले पुस्तक बापत लिएको पैसाबारे छानबिन हुने बताएका छन् । कोल्दोङदेवी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानध्यापकले विद्यार्थीलाई पुस्तक बापत रकम लिएर गल्ती गरेको आरोप लगाउँदैं यसबारे छानबिन गर्न वडाले समितिसमेत गठन गरिसकेको दावी गरे ।
सिन्धु खबरसँग कुरा गर्दै उनले र्बोडिङको पाँच कक्षाको किताब दिएर रसिद काटी विद्यार्थीबाट २१ सय ७० लिनु गलत भएको भन्दै गाउँपालिकाले दिएको अनुदानसमेत नघटाएर बदमासी गर्न खोजेको बताए । ‘गाउँपालिकाले दिएको अनुदान घटाएर विद्यार्थीलाई पुस्तक दिनुपथ्र्यो त्यो पनि नदिएको पाइयो उनले भने, यसबारे प्रक्रियागत हिसाबले कारवाही गर्छौ ।’
वडासदस्य रुपकाजी लामाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनेर काम पनि थालिसकेको उनले जानकारी दिए । ‘केही दिनअघि टिमुरे पुगेर अभिभावकसँग परामर्श गर्यौ सबैको सल्लाह अनुसार अघि बढ्छौं ।’ गाउँपालिकाले पुस्तकवापत दिनुपर्ने ६५ हजार अनुदान चैतमा नै हाल्नुपर्ने भएतापनि जेठमा मात्रै उक्त अनुदान रकम विद्यालयको खातामा गएको उनले बताए । ‘त्यसबारे पनि हामी छानबिन गछौं गल्ती प्रशासनको हो कि कसको ?’ कोल्दोङ देवी माविले पाँच कक्षाको विद्यालयको पुस्तकको २१ सय ७० लिएको बिल सार्वजनिक भएसँगै वडाले छानबिन समिति गठन गरेको हो । उतm छानबिन समितिले आफ्नो काम सुरु गरिसकेको छ ।
फरक प्रसंगमा वडाध्यक्ष थापाले आफु सधै विकासको पक्षमा रहेको दाबी गरेका छन् । नेतृत्वमा आएसँगैं उनले कृषि, शिक्षा र स्वास्थ्यमा विशेष जोड दिएको बताए । किसानलाई प्रोत्साहन गर्न विभिन्न उपभोक्ता समिति बनाएर काम थालेको बताउँदै उनले किसानहरुलाई २८ वटा ट्याक्टर वितरण गरेको जानकारी दिए । उनले खानेपानीको समस्याहरु केही समाधान भएको र केही गर्ने योजनामा रहेको बताए । १६ किलोमिटर माथिबाट खानेपानी ल्याएर थुम्पाखरवासीको तिर्खा मेटाएको सम्झिदैं उनले डिप बोरिङबाट पनि पानी निकाल्ने प्रयासमा लागेको जानकारी दिए ।
उनले लकडाउनसँगै अति विपन्न परिवारलाई बाँडेको राहतमा कहिले पक्ष विपक्ष नगरेको बताए । ‘म सबै जनताको साझा अध्यक्ष हुँ केहीले राहत वितरणमा पक्षपात गर्यो भन्ने कुरा आएको छ त्यो गलत हो ।’ उनले काठमाडौंमा बसोबास गर्ने १ सय ८५ वडावासीलाई कोठैमा पुगेर राहत सामग्ी वितरण गरेको बताए । ‘म वडाको कार्ड भिरेर आफै राहत बोकी कोठा कोठा पुगेको छु कसरी पक्षपात गर्यो भन्न सक्छन् ?’
उनीसँग गरिएको
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस