बुधबार, असोज १७, २०८०
गृहपृष्ठराजनीति१० अर्ब खर्चको हिसाब माग्दै सरकार विरुद्ध लामोसाँघुमा काँग्रेसको प्रदर्शन

१० अर्ब खर्चको हिसाब माग्दै सरकार विरुद्ध लामोसाँघुमा काँग्रेसको प्रदर्शन


चौतारा । नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले सरकारले गरेको संस्थागत भ्रष्टाचारको विरुद्धमा प्रदर्शन गरेको छ । क्षेत्रीय समितीले सरकारले कोरोना रोकथामका लागि १० अर्ब खर्च गरेको बताएकोले त्यो रकम कहाँ-कहाँ खर्च भयो त्यसको हिसाब मागेको छ ।

उनीहरुले आज बिहान लामोसाँघु बजारमा प्रदर्शन गर्दै सेनाले स्वास्थ्य सामग्री खरिद , आरडीटी किट खरिद, विदेशबाट उद्धार गरेको नाममा नागरिकहरुबाट डब्बल तेब्बर भाडा असुलेर गरेको भ्रष्टाचारबारे सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरेको छन् । विषम परिस्थितिमा पनि सरकारका हरेक अंग भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै त्यसको छानबिन गर्नका लागि दबाब स्वरुप आफूहरुले प्रदर्शन गरेको क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले जानकारी दिए ।

आरडीटी प्रविधिमार्फत परीक्षण गराउन बन्द गर्दै पीसीआर प्रविधिमार्फत सबैको कोरोना परीक्षण गरेर कोरोना रोकथाम गर्न सरकार नलागेको स्थानीय काँग्रेस नेता युधिर पौडेलले आरोप लगाएका छन् । प्रदर्शनमा स्थानीय नेता कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!