शनिबार, असोज ६, २०८०
गृहपृष्ठराजनीतिसरकार विरुद्ध बाह्रबिसेमा काँग्रेसको राँके जुलुस

सरकार विरुद्ध बाह्रबिसेमा काँग्रेसको राँके जुलुस


बाह्रबिसे । नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले सरकारको वेथिति विरुद्ध राँके जुलुस प्रदर्शन गरेका छन् । सांसद अपहरण प्रकरण, स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचारलगायत सरकारले गरेका गलत कामको सामाजिक दुरी कायम राख्दै राँके जुलुस निकालेको काँग्रेसका युवा नेता युधिर पौडेलले जानकारी दिए । आज साँझ गरेको राँके जुलुसमा उनीहरुले पुर्व सचिव भिम उपाध्यायको रिहाइको माग समेत गरेका छन् ।

सत्तारुढ पार्टीका सांसद र पूर्वप्रहरी प्रमुख नै सांसद ‘अपहरण’ मा लागेका भन्दै उनीहरुले मसाल लिएर बजार परिक्रमा गरे । जुलुस खुर्सानीबारीबाट सुरु भएर बाह्रबिसे पुलमा आएर कोणसभा गर्दै सम्पन्न भएको छ ।

कोणसभालाई सम्बोधन गर्दै क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले सरकारले गरेका गलत कामहरु नसच्चयाए काँग्रेसले आन्दोलनको आँधीबेहरी ल्याउने बताए ।

कांग्रेसका स्थानीय नेता पौडेलले सरकारको गतिविधि निरंकुशतातिर गएको र जनताले दिएको दुइतिहाइ मतको अपमान गरेको भन्दै कम्युनिष्टको नाममा मुलुकलाई भ्रष्टचारमा डुबाएको बताए ।

राँके जुलुसमा सहभागीले भ्रष्टाचारी सरकार मूर्दावाद, अपहरणकारीलाई कारवाही गर, नक्कली स्वास्थ्य सामग्री खरिद गर्ने ओम्नी समूहलाई कारवाही गर, पुर्व सचिव भिम उपाधयायको रिहाइ गर लगायत नारा लगाएका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!