बुधबार, असोज १७, २०८०
गृहपृष्ठराजनीतिबाह्रबिसेमा नेविसघंद्धारा बिरोध प्रर्दशन

बाह्रबिसेमा नेविसघंद्धारा बिरोध प्रर्दशन


बाह्रविसे, १३ चैत ।
कोरोना भाइरस (कोभिड १९) को त्रासको बेला पनि सरकारले ल्याएको दुई अध्यायदेश दल र मुलुकको हितमा नरहेको भन्दै बाह्रबिसेमा नेपाल बिद्यार्थी संघले साङकेतिक बिरोध प्रर्दशन गरेको छ ।
नेपाल बिद्यार्थी संघको जिल्ला उपाध्यक्ष नबिन श्रेष्ठको नेतृत्वमा बिरोध प्रर्दशन भएको हो । पार्टी फूटाउने अध्यायदेश र संबैधानिक परिषद सम्बन्धि अध्यायदेश तत्काल फिर्ता नलिए सरकार बिरुद्ध नेबिसंघले आन्दोलनको आँधीबेरी सृजना गर्ने पनि उपाध्यक्ष श्रेष्ठले चेतावानी दिए ।
लकडाउनको समयमा गरिएको सो बिरोधमा सामाजिक दुरी कायम गर्दे नेबिसंघका नेताहरु सहभागी भएका थिए । नेपालमा कोरोना संक्रमण हुा नदिन सरकारले सबै दल र बिभिन्न निकाय र ब्यक्तिलाई एकताबद्ध गराउन पनि सुझाव दिएका छन् । यस्तो बिपत्तिमा जुटेर जनता र देशको हितमा लाग्र्ने बाताबरण बनाउन पनि उनको सरकारलाई आग्रह छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!