संकटमा रहेका विद्यार्थीलाई अनेरास्ववियूले सहयोग गर्ने

चौतारा, ६ चैत ।
कोरोना भाइरस (कोभिड १९) फैलन नदिन सरकारले गरेको लकडाउनमा अभाव झेलेका र समस्यामा परेका विद्यार्थीहरुलाई अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले सहयोग गर्ने भएको छ ।
अध्ययनको सिलसिलामा सिन्धुपाल्चोक जिल्लाभरका विद्यार्थीहरु कोठा लिई जिल्ला बाहिर या जिल्ला भित्र बसोबास गरिरहेकाहरुलाई अभाव सिर्जना भए सहयोग गर्न अनेरास्ववियू तत्पर भएको हो ।
लकडाउनभर अफ्ट्यारोमा परेका विद्यार्थीहरुलाई खान, बस्न र अन्य सहयोग गरिने भएकले सम्पर्कमा आउन अनेरास्ववियूले बिज्ञप्ति जारी गर्दै अपिल गरेको छ ।
विद्यार्थीहरुको हित तथा संक्टको बेला सहयोग गरिने अनेरास्ववियूका जिल्ला संयोजक मिलन लामाले जानकारी दिए ।
क्याटेगोरी : राजनीति
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस