गृहपृष्ठ ∕ राजनीति ∕ दैनिक गुजारा चलाउन नसक्नेका लागि राहत प्याकेज घोषणा गर्न नेकपा सिन्धुपाल्चोकको माग दैनिक गुजारा चलाउन नसक्नेका लागि राहत प्याकेज घोषणा गर्न नेकपा सिन्धुपाल्चोकको माग सिन्धु खबर चैत्र २५, २०७६ गते २१:३२ मा प्रकाशित चौतारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरुको सहयोगका लागि राहत प्याकेज घोषणा गर्न स्थानीय सरकारलाई आग्रह गरेकोे छ । आज अपिल जारी गर्दै नेकपाले जिल्लामा रहेका भूमिहीन, बाहिरी जिल्लाबाट काम गर्न आएका मजदुर, विपन्न, गरीब र अशक्तलगायतलाई तत्काल राहत प्याकेजको घोषणा गर्न स्थानीय सरकारलाई अनुरोध गर्ने जनाएको छ । साथै नेकपाले युवा, विद्यार्थी र पार्टी पंक्तिलाई आ आफ्नो स्थानमा रहेर सक्रिय स्वयंसेवीको भूमिका निर्वाह गर्नपनि आग्रह गरेको छ । त्यसैगरी वैदेशिक रोजगारबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न सहयोगी भूमिका निर्वाह गर्न जनवर्गीय संगठनहरुलाई निर्देशन दिएको छ । अपिलमा भनिएको छ, ‘वैदेशिक रोजगार तथा जिल्ला बाहिरबाट आएको मानिसहरु भित्रिएको कुरालाई मध्यनजर गरी भित्रिएका मानिसको स्वास्थ्य जाँच गर्न र उनीहरुलाई नेपाल सरकारले व्यवस्था गरेका क्वारेन्टाइन वा आइसोलसनमा राख्ने तथा यसरी भित्रिने र जबरजस्ती घुलमिल हुन खोज्ने व्यक्तिको पहिचान गरी स्थानीय सरकार समेतको समन्वयमा कडाइका साथ क्वारेन्टाइन तथा आइसोलेसनमा राख्न पार्टीले सबै स्थानीय जनवर्गीय संगठनहरुलाई परिचालन गरी सहयोगी भूमिका खेल्न अपिल गर्दछौं ।’ नेकपाले जिल्लामा आइपरेका हरेक विपतिमा राजनैतिक घेराभन्दा माथि उठेर सामना गरेको स्मरण गर्दै कोभिड १९ को संक्रमणको विपतिमा समेत उच्च स्तरको राजनैतिक एकता सहित विपतको सामना गर्न सबै राजनैतिक दलहरुलाई आग्रह गरेको छ । साथै नेकपाले लकडाउनको अवधिको अनुशासनपुर्वक पूर्ण पालना गर्न पनि सबैसँग हार्दिक अपिल गरेको छ । क्याटेगोरी : राजनीति ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इन्द्रावतीमा भोलि कांग्रेसको प्रदर्शनः केन्द्रिय सदस्य गुरुराज घिमिरेले सम्बोधन गर्ने अदालतकाे निर्णय कांग्रेसलाई स्वीकार्य : सभापति देउवा काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै भारतसँग मिलेर प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको राष्ट्रवाद नांगियोः बस्नेत धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै