गृहपृष्ठ ∕ राजनीति ∕ उपचार र उद्धार कोषमा भोटेकोसी गाउँपालिका प्रमुखको एक लाख उपचार र उद्धार कोषमा भोटेकोसी गाउँपालिका प्रमुखको एक लाख Sindhu Khabar चैत्र १७, २०७६ गते १६:१६ मा प्रकाशित तातोपानी, १६ चैत । भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले कोरोना भाइरस संक्रमितको उद्धार र उपचार कोषमा व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका छन् । उनले निजी रुपमा उद्धार र उपचार कोषमा एक लाख १ हजार एकसय ११ रुपैया सहयोग गरेका हुन् । उनले इच्छुक सहयोगी हातलाई सीमावर्ती गाउँपालिका भोटेकोशीको प्रकोप व्यवस्थापन समिति कोष खाता न ०९२०००१२४१ नेपाल बंगलादेश बैकमा आर्थिक सहयोग गर्न आग्रह गरे । ‘सहयोग गर्ने र कोरोना संक्रमणको जोखिमबाट सक्रियात देखाउने यही बेला हो, सबै कस्सिनु जरुरी छ, भूमिका देखाउने भनेको यसैबेला हो,’ उनले भने । गएको शनिवार कोरोना संक्रमणको विषयलाई गंम्भिर रुपमा लिएर छलफल गर्दा ३ वटा महत्वपूर्ण बुँदाको निर्णयअनुरुप भौतिक तैयारी गरेर नाका खुलाउन लागिएको थियो । विश्व स्वास्थ्य संगठनअन्र्तगतको मापदण्ड बमोजिमको हेल्थ डेस्क, परीक्षण, झिुर्पुमा व्यवस्थित आइसोलेशन तैयार गर्ने अन्तिम चरणमा पुगिसकेको उनले जानकारी दिए । तातोपानी नाकामा तत्कालै औषधी, अत्यावश्यक सामाग्री मात्र आयात हुने र ती सबै सम्पूर्ण परिक्षण सकेर आएको हुनुपर्ने र नाका संञ्चालनको थप प्राविधिक तवरको लागि सम्पूर्ण व्यवासायीसँग बैठक छलफल गरिने उनले जानकारी दिए । आफ्नै अध्यक्षतामा बसेको तातोपानी नाका संञ्चालन, व्यवस्थापन तथा कोरोना भाइरस रोकथाम समितिबाट सबै निर्णयबाट भौतिक संरचना बनेपछि मात्रै सुरक्षित अवस्था हेरेर मात्रै नाका खुलाइने उनले जनाए । क्याटेगोरी : राजनीति ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिन्धुपाल्चोकमा नेकपा जिल्ला कमिटि विस्तारमा हानथाप, ओली समूहले थप्यो १… मन्त्रीको ‘अफर’ आएपछि ओली तिरै फर्के तामाङ यसै साता सिन्धुपाल्चोकमा प्रचण्ड-माधव समूहमा ठूलो धक्का लाग्छः महेश बस्नेत पूर्वरानीको जन्मदिन मनाउन झापाको मेची क्राउन होटल पुग्यो राजपरिवार धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे