आईतबार, मंसीर १२, २०७८
गृहपृष्ठराजनीतिलकडाउन थप एक साता थप्न सिफारिस

लकडाउन थप एक साता थप्न सिफारिस


काठमाण्डौं, १६ चैत ।
नेपाल सरकारलाई कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सिफारिस गरेको छ । आज बसेको समितिको बैठकले संक्रमण थप फैलन नदिन एक साता लकडाउन थप्न सरकारलाई सिफारिस गरेको हो ।
मन्त्रीपरिषदको बैठक आजै बस्दैछ । समितिको निर्णय आजैको बैडकले अनुमोदन गरे थप एक साता लकडाउन थपिनेछ ।
यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो । सरकारले यो सिफारिस अनुमोदन गरेसँगै चैत २५ गतेसम्मका लागि मुलुक लकडाउन हुनेछ ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!