शनिबार, असोज ६, २०८०
गृहपृष्ठराजनीतिबिलप्व कार्यकर्ता इन्द्रबहादुर ठकुरी कांग्रेसमा

बिलप्व कार्यकर्ता इन्द्रबहादुर ठकुरी कांग्रेसमा


चौतारा, ४ चैत ।

भूमिगत नेत्रबिक्रम चन्द बिप्लव माओबादी सिन्धुपाल्चोकका कार्यकर्ता धमाधम कांग्रेस प्रवेश गर्न थालेका छन् । बिप्लव समूहका तामाङसालिङ ब्यूरो कमिटिका सदस्य इन्द्र बहादुर ठकुरी (रञ्जित) शनिबार नेपाली कांग्रेस प्रवेश गरेका छन् । ठकुरी बलेफी गाउँपालिका ४ का स्थायीबासी हुन् । पाँचपोखरी थाङपाल गाउँपालिका बाँसखर्कका नेकपाका कार्यकर्ता सूर्य तामाङ पनि काँगे्रसमा प्रवेश गरेका छन् । केही दिन अघि दजनौं बिप्लव कार्यकर्ता काँगे्रसमा प्रवेश गरेका थिए । उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले पार्टी सदस्य दिएर काँगे्रसमा भित्र्याएका हुन् ।
त्यस्तै जिल्ला सेक्रेटरी भूवन सिं तामाङ बिप्लव माओबादी परित्याग गरेका छन् । तामाङ मेलम्ची नगरपालिका ९ का बासिन्दा हुन । बिप्लवका त्रिपाल तामाङ र न्यालाम लामाले पनि पार्टी परित्याग गर्नु भएको छ । प्रहरीले बिप्लव कार्यकर्तामाथि निगरानी बढाएपछि बिप्लव कार्यकर्ताहरु अन्य पार्टीमा आबद्ध हुन थालेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!