गृहपृष्ठ ∕ राजनीति ∕ विप्लवका जिल्ला सचिवद्वारा पार्टी परित्याग विप्लवका जिल्ला सचिवद्वारा पार्टी परित्याग Sindhu Khabar फागुन २७, २०७६ गते १८:३८ मा प्रकाशित चौतारा, २७ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला सचिवले पार्टी परित्याग गरेका छन् । आज (मंगलबार) अदालतबाट रिहा हुँदै प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला सचिव भुवनसिं तामाङले पार्टी परित्यागको घोषणा गरेका हुन् । मेलम्ची नगरपालिका–९ का तामाङले अब देखि कुनै पार्टीमा संलग्न नहुने भन्दै पार्टी परित्याग गरे । उनी २०७१ देखि विप्लव नेतृत्वको पार्टीमा लागेका थिए । पार्टीमा रहुञ्जेल विभिन्न जनवर्गिय संगठनमा रहेकाले अब आफू स्वतन्त्र भएको उनको भनाई छ । प्रहरीले तामाङलाई राज्य विरुद्धको कार्यमा लागेको आरोपमा प्रक्राउ गरेको थियो । यसअघि विप्लवमा जिल्ला सदस्य त्रिपाल तामाङ र न्यालम लामाले पार्टी परित्याग गरिसकेका छन् । क्याटेगोरी : राजनीति ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोरोना संक्रमण र विपत्तिमा सिन्धुमा खटिनेलाई काँग्रेस नेता बस्नेतले सम्मान… सिन्धुपाल्चोकमा नेकपा जिल्ला कमिटि विस्तारमा हानथाप, ओली समूहले थप्यो १… मन्त्रीको ‘अफर’ आएपछि ओली तिरै फर्के तामाङ यसै साता सिन्धुपाल्चोकमा प्रचण्ड-माधव समूहमा ठूलो धक्का लाग्छः महेश बस्नेत धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे