शनिबार, असोज ६, २०८०
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोक प्रेस युनियनमा दुर्गा

सिन्धुपाल्चोक प्रेस युनियनमा दुर्गा


चौतारा, २९ माघ ।
नेपाल प्रेस युनियन, सिन्धुपाल्चोकको ढुर्गा आचार्यको नेतृत्वमा नयाँ समिति चयन भएको छ । बुधबार सम्पन्न प्रेस युनियनको पाँचौ जिल्ला अधिवेशनबाट आचार्यको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन भएको हो ।
युनियन सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको खुला उपाध्यक्षमा किशोरकुमार बुढाथोकी, समावेशी उपाध्यक्षमा सुनिता भण्डारी र सचिवमा कमला पाख्रीन चयन भएकी छिन् । त्यस्तै सह सचिव शान्ति श्रेष्ठ र कोषाध्यक्ष आदित्य दाहाल चयन भए ।
कार्यसमितिको खुला सदस्यहरुमा अनिश तिवारी, विजय नेपाल र निरोज चौलागाँइ निवार्चित भएका छन् । सरस्वती श्रेष्ठ र सम्झना कार्की महिला सदस्य भए । प्रितम तामाङ र रजनी श्रेष्ठ (बेलीमाया) जनजाती सदस्यमा निर्वा्चित भएका छन् । अल्पसंख्यक÷आदिवासी सदस्यमा फुलमान तामाङ र थप खुला सदस्यमा किरण थापा र सन्तोष सिग्देल चयन भए ।
केन्द्रीय पार्शद भने सुदर्शन आचार्य, रामप्रसाद दाहाल, पवित्रकुमार खड्का, युवराज पुरी, ध्रुब दंगाल, विष्णु खड्का, रामचन्द्र दुलाल, सी.के चौलागाँई(चित्रकुमार), रुपक पुरी, भक्तध्वज बोहोरा, के.पी. ढुङ्गाना, नेत्र तामाङ, महेशकुमार श्रेष्ठ, सन्तोष सिग्देल बनेका छन् ।
युनियनको बागमती प्रदेश पार्शदमा भने चित्र मिजार, टंक खड्का, विजय नेपाल, हरि न्यौपाने, पुर्ण मिश्र, पृध्वीजंग पाण्डे, राजेन्द्र आचार्य, रविन्द्र श्रेष्ठ, भरत चौलागाँई, किशोर बुढाथोकी, कमला पाख्रीन, सुनिता भण्डारी, सहदेव भण्डारी, आदित्य दाहाल, मानकाजी पाख्रीन (तामाङ), भवनाथ आचार्य, निरोज चौलागाँई र अनिश तिवारी छनौट भएका छन् ।
अधिबेशनमा जिल्लाकै पहिलो पत्रकार चन्द्रमान ताल्चाभडेलसहति सक्रिय पत्रकार सम्मानानित र पुरस्कृत भए । प्रेस युनियन सिन्धुपाल्चोकका संस्थापक अध्यक्ष ऋषिराम पौड्यालसहित सुदर्शन आचार्य, राम केसी र जिल्लाकै पहिलो पत्रकार चन्द्रमान सम्मानित भएका हुन् । त्यस्तै युवा क्रियाशील पत्रकारिता पुरस्कारबाट केपी ढुंगाना सम्मानित भए ।
नेपाली काँगे्रस, सिन्धुपाल्चोकका अध्यक्ष विकास लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इन्द्रावती गाँउपालिका अध्यक्ष वंशलाल तामाङ, हेलम्बु गाँउपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा, सुनकोसी गाँउपालिका उपाध्यक्ष लक्ष्मी पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

अधिवेशनमा के.पि ढुङ्गाना, राम केसी चौतारे, ऋषीराम पौडेल, सुदर्शन आचार्य सहित सिन्धुपाल्चोककै पहिलो पत्रकार चन्द्रमान ताल्चाभडेंललाई सम्मान गरिएको थियो


क्याटेगोरी : राजनीति, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!