गृहपृष्ठ ∕ राजनीति ∕ वडाध्यक्षसहित शिक्षकमाथि कुटपिट वडाध्यक्षसहित शिक्षकमाथि कुटपिट Sindhu Khabar माघ २१, २०७६ गते १८:०९ मा प्रकाशित चौतारा, २१ माघ । जुगल गाउँपालिका वडा ५ का अध्यक्ष सनत अधिकारीसहित दुई शिक्षकलाई वडा सदस्यसहितका एक टोलीले कुटपिट गरेका छन् । अधिकारी र शिक्षकमाथि जुगल गाउँपालिकाकै ७ जना मिलेर कुटपिट गरेका हुन् । अधिकारी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको जुगल गाउँपालिका ५ स्थित रात्नराज्य माविको बार्षिकोत्सव सकेर खाजा खाइरहेका उनीसहित शिक्षकलाई वडासदस्यको टोलीले आक्रमण गरेको हो । वडाअध्यक्ष सनतसहित प्रधानध्यापक छन्दप्रसाद काफ्ले र शिक्षक पुष्पराज तिमल्सिनालाई उनीहरुे सोमबार साँझ आक्रमण गरेका हुन् । प्रहरीका अनुसार रड, बेञ्ज, कुर्सीले हहानेर उनीहरुलाई घाइते बनाइएको छ । प्रहरीले आक्रमण गर्नृेमध्ये ६ जनालाई पक्राउ गरिसकेको जनाएको छ । इलाका प्रहरी जलविरे ,बराम्चीकै प्रहरी र स्थानीय सहयोगमा पुगेर घाइते वडाध्यक्ष , शिक्षकलाई उद्धार गरेर राजधानीको अस्पताल लगिएको थियो । राजधानीको मध्यपुर अस्पतालमा उपचाररत गंम्भिर घाइते वडाध्यक्ष र दुई शिक्षकको शरिर एकदमै सुन्निएको छ । अध्यक्षको टाउकोमा रगत जमेको र दुई शिक्षकको शरिरको शरिभरभरी निलडाम भएको त्यह“ाका स्वाथ्यकर्मीले बताएका छन् । ‘रड र बेन्चको प्रहारपछि शिक्षक तिमल्सिनाको आ“खा र अध्यक्षको टाउकोमा गंम्भिर चोट लागेको देखिएको छ ,’ जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव प्रसाद काफ्लेले भने । वडासदस्य यन्दबहादुर मगरले वडाध्यक्षलाई पहिलेदेखि ज्यान मार्ने धम्की दिदै आएको र नियतवश बिजुलीको फ्युज झारेर सामुहिक रुपमा हत्या गर्न खोजेको घाइते वडाध्यक्ष सनतकुमार अधिकारीले आरोप लगाए । ‘ती वडासदस्यकै नेतृत्वमा सबैले मलाई मार्न खोजे, अब उनीहरुको गुण्डागर्दीले गाउभर त्रास छाएको छ, हामी जनप्रतिनिधि असुरक्षित भयौ जनताको संरक्षण कसरी हुनु र ?,’ उनले प्रश्न गरे । क्याटेगोरी : राजनीति ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तहगत समायोजन र क्रियाशील विवादकाे टुंगो बस्नेत र लामाले लगाउने प्रेस चाैतारी सिन्धुपाल्चोककाे संयाेजक र सहसंयाेजकमा आचार्य र नेपाल सिन्धुपाल्चोकमा माओवादीकाे कार्यालय स्थापना मेलम्चीको मुहानमा किसुनजीको शालिक बनाउँछौंः विभाग प्रमुख बस्नेत धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम