गृहपृष्ठ ∕ राजनीति ∕ जुगल पदमार्गमा राजनीति ! जुगल पदमार्गमा राजनीति ! Sindhu Khabar माघ २०, २०७६ गते १६:५८ मा प्रकाशित चौतारा, २० माघ । जुगल हिमाल जोड्ने पर्यटकीय पदमार्गमा राजनीति गरिएको भन्दै सिन्धुको ‘कर्णाली’ भनेर चिनिने दिपु र तेम्बाथान्का स्थानीय आन्दोलित बनेका छन् । जुगल हिमाल पदयात्राअन्र्तगत (जलविरे,पांगर्पू, गुम्बा, क््याङसिङ हँुदै तेम्बाथान् गाउँ, दिपु र नेपेमाशाल)पदयात्रा हुनुपर्नेमा पाँचपोखरीबाट सिधै ‘ट्रेकिङ रुट’ जोड्न खोजिएको स्थानीयको आरोप छ । जुगल गाउ“पालिकाको अझैसम्म सडक नजोडिएको दिपु ,तेगादेखि तेम्बाथान्लाई बिट मारेर मनमौजी पर्यटकीय पदमार्ग जोड्न खोजिएको भन्दै स्थानीयले पर्यटन बोर्ड, उद्योग तथा पर्यटन संस्कृत केन्द्र, प्रदेश सांसददेखि जुगल गाउपालिकालाईसमेत् ज्ञापन पत्र बुझाएका छन् । ‘स्थानीयको थातथलो तेम्बाथान, नेपेमाशालसँग जुगल शिखरको ठुलो धार्मिक र सामाजिक महत्व जोडिएको छ, पाँचपोखरीबाट सिधै पदमार्ग कसरी जोड्न सकिन्छ ?,’ नेपेमासाल तेम्बाथान ग्रामिण विकास समाजका अध्यक्ष डवाङ शेर्पाले प्रश्न गरे । जुगल गाउँपालिकाको अन्तिम गाउँ दिपु, तेगा र तेमबाथान्लाई वेवास्ता गरेर पाँचपोखरी थाङपाल गाउ“पालिकाबाट जोड्न खोजिएपछि स्थानीय आक्रोशीत बनेको सुनाए । उनकानुसार यसबारे ज्ञापनपत्र लिएपछि सच्याउनेमा जाने जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ र उपाध्यक्ष सिर्जना तामाङले प्रतिबद्धता गरेका छन् । ‘यसबारे बुझेर यथार्थ प्रक्रियामा जानेछौ, यो कुरा सा“चो हो भने एकदमै दुखद कुरा हो,’उपाध्यक्ष तामाङले भनिन् । ट्रेकिङ एजेन्सी स्टेशन अफ नेपाल (टान) का खुमबहादुर सिंहले स्थानीयबाट आएको असन्तुष्टी र पदमार्गबारे कुनै जानकारी नभएको बताए । ‘पदमार्ग बन्नु त राम्रो कुरा हो,तर निश्चित स्थान छुटुन हुदैन्,’उनले भने । क्याटेगोरी : राजनीति ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रेस चाैतारी सिन्धुपाल्चोककाे संयाेजक र सहसंयाेजकमा आचार्य र नेपाल सिन्धुपाल्चोकमा माओवादीकाे कार्यालय स्थापना मेलम्चीको मुहानमा किसुनजीको शालिक बनाउँछौंः विभाग प्रमुख बस्नेत कोरोना संक्रमण र विपत्तिमा सिन्धुमा खटिनेलाई काँग्रेस नेता बस्नेतले सम्मान… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो