गृहपृष्ठ ∕ राजनीति ∕ सभामुखमा अग्निप्रसाद सापकोटा ‘निर्विरोध’ सभामुखमा अग्निप्रसाद सापकोटा ‘निर्विरोध’ Sindhu Khabar माघ ७, २०७६ गते १६:१७ मा प्रकाशित काठमाडौं, ७ माघ । प्रतिनिधिसभाको सभामुखका लागि एकजनाको मात्र उम्मेदवारी परेको छ । सापकोटामात्र उम्मेदवार संघीय संसद सचिवालयले सभामुखका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न तोकेको समयभित्र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेको हो । सांसद सापकोटाले संसद सचिवालयले तोकेको समयभित्र मंगलबार संघीय संसद भवन नयाँबानेश्वरमा उम्मेदवारी दर्ता गराए । प्रस्तावक र समर्थक सापकोटाको उम्मेदवारीमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ प्रस्तावक तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा नेपाल संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण समर्थक रहेका छन् । प्रतिक्रिया उम्मेदवारी दर्तापछि सापकोटाले प्रतिनिधिसभाको गरिमा र मर्यादा उच्च राख्न भगिरथ प्रयास गर्ने प्रतिक्रिया दिए । निर्विरोध एकजनाको मात्रै उम्मेदवारी परेसँगै अग्निप्रसाद सापकोटा निर्विरोध सभामुखमा चयन भएका छन् । प्रक्रिया तर, अर्को उम्मेदवारी नपरेपनि मतदानबाहेक निर्वाचनको अन्य प्रक्रिया पूरा गर्नुपर्नेछ । प्रस्तावक र समर्थकहरुले संसद बैठकमा बोलेपछि सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा हुनेछ । सभामुख चयनको औपचारिक घोषणा भने यही माघ १२ गते अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकले गर्नेछ imagekhabarबाट क्याटेगोरी : राजनीति ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इन्द्रावतीमा भोलि कांग्रेसको प्रदर्शनः केन्द्रिय सदस्य गुरुराज घिमिरेले सम्बोधन गर्ने अदालतकाे निर्णय कांग्रेसलाई स्वीकार्य : सभापति देउवा काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै भारतसँग मिलेर प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको राष्ट्रवाद नांगियोः बस्नेत धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै