हेटौंडा राजधानी : धुलिखेलका लागि यी साँसदका ३ मत

काठमाण्डौं, २७ पुस ।
नेकपा सचिवालय बैठकले दिएको निर्देशन अनुसार हेटौंडा राजधानी राख्ने पक्षमा प्रदेशसभा सदस्यहरुले आफ्नो मत जाहेर गरेका छन् । आन्तिम समयमा नेपाली कांग्रेसले पनि हेटौंडालाई समर्थन गरेको थियो । राप्रपा, राप्रपा (संयुक्त) ले पनि हेटौंडालाई समर्थन गरेका छन् । धुलिखेलको पक्षमा विवेकशील र साझा पार्टी मात्र देखिएका छन् ।
आज प्रदेशसभा बैठक हेटौंडामा भएको मतदानमा काभ्रेको धुलिखेलमा राजधानी राख्ने प्रस्तावमा ३ मत परेको छ । विवेकशील नेपाली दलका रमेश पौडेल र विराजभक्त श्रेष्ठ तथा साझा पार्टीका शोभा शाक्यले धुलिखेलको पक्षमा मतदान गरेका थिए । कुल १ सय ८ मध्ये हेटौंडा राजधानी राख्ने पक्षमा १ सय ५ मत परेको थियो । यस अघि नेकपा सचिवालय वैठकले हेटौंडामा राजधानी राख्न ह्वीप जारी गरेको थियो । लगभग ८० प्रतिशत सदस्यहरुले हेटौडा राजधानी अपायक पर्ने बताएपनि नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालको निर्देशनमा सत्तापक्षका सदस्यहरुले यस्तो निर्णय गरेका हुन् ।
कांग्रेस सभापति तथा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालले त्यतिबेला हेटौडालाई अस्थायी राजधानी तोकेका थिए । मन्त्रीपरिषद्मा रहेको त्यतिबेलाका उपप्रधानमन्त्री कमल थापाले हेटौंडा प्रस्ताव गरेका थिए । विवेकशीलका प्रदेशसभा सदस्य पौडेलले सार्वभौम प्रदेशसभाले प्रदेश ३ का ६० लाख जनताको भावनामा चोट पु¥याएको बताए । उनले लोकतन्त्र र गणतन्त्रकोसमेत पार्टीहरुले उपहास गरेको बताए । उनले भने,‘यसले निर्वाचित प्रतिनिधिको अधिकारलाईसमेत कुण्ठित गरेको छ ।’
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस