बिहीबार, असोज १८, २०८०
गृहपृष्ठराजनीतिपरराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकमा सापकोटा

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकमा सापकोटा


चौतारा, २८ कात्तिक ।

परराष्ट्र मामिला सम्बन्धी एकमात्र सरकारी थिंक ट्यांकका रुपमा रहेको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकमा युवा परराष्ट्र तथा सुरक्षा विज्ञ रुपक सापकोटा नियुक्त भएका छन् ।
इन्द्रा अधिकारीले केहि समयअघि उक्त पदबाट राजीनामा दिएपछि उक्त पद खाली थियो।

सापकोटालाई परराष्ट्र मन्त्रीस्तरीय निर्णयबाट नियुक्त गरिएको हो। सापकोटालाई बुधबार मन्त्रालयले बोलाएर नियुक्त पत्र हस्तान्तरण गरेको छ। प्रतिष्ठानको कार्यकारी निर्देशकमा राजेश श्रेष्ठ छन्।

सापकोटाले चीनको बेइजिङस्थित प्रसिद्ध विश्वविद्यालय, रनमिन विश्वविद्यालयवाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधी गरेका छन्। उनको स्नाकोत्तर पनि अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा नै हो। ‘चीन–भारत–नेपाल त्रिदेशीय सम्बन्ध’ मा विद्यावारिधी हासिल गरेका सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराउँछन्। साथै, त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषय समिति सदस्यका रुपमा पनि जिम्मेवारी निर्वाह गदै आएका छन्।

विगत एक दशकदेखि सघन अध्ययन–अनुसन्धानमा लागेका सापकोटाले अनुसन्धात्मक जर्नलमा प्रकाशित आलेखका अलवा मूलधारका पत्रपत्रिकामा अन्तर्राष्ट्रिय सम्बन्ध, वैदेशिक मामिला एवं राष्ट्रिय सुरक्षा लगायतका रणनीतिक विषयहरुमा निरन्तर लेखहरु प्रकाशित गर्दै आएका छन्। सापकोटाले विभिन्न विश्वविद्यालयमा सिनियर भिजिटिङ स्कलर एवं रिर्सच फेलोका रुपमा पनि काम गरेका छन्।

नेपाल–चीन मामिलाका विज्ञ सापकोटा चिनियाँ भाषामा राम्रो दख्खल राख्दछन्।

सापकोटा वैदेशिक मामिला सम्बन्धी अल्पकालीन तथा दीर्घकालीन नीति तर्जुमा गर्ने, अन्तर्राष्ट्रिय सम्बन्धका विभिन्न आयामहरुको अध्ययन–अनुसन्धान गर्ने र यस क्षेत्रमा नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिबारे अवधारणा तयार गरी नेपाल सरकार समक्ष पेस गर्ने लगायतका महत्वपूर्ण जिम्मेवारी रहेको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा महत्वपूर्ण योगदान दिने गरी काम गर्ने सापकोटाले कान्तिपुरसँग बताए।

‘वैदेशिक मामिला सम्बन्धी अल्पकालीन तथा दीर्घकालीन नीति तर्जुमा गर्ने, अन्तर्राष्ट्रिय सम्बन्धका विभिन्न आयामहरुको अध्ययन–अनुसन्धान गर्ने र यस क्षेत्रमा नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिबारे अवधारणा तयार गरी नेपाल सरकार समक्ष पेस गर्ने लगायतका महत्वपूर्ण जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गर्न लागि पर्ने छु,’ उनले भने। उनले प्रतिष्ठानलाई गति दिने आफ्नो पक्षबाट कुनै कसर नछाड्ने बताए।

‘आगामी मार्चमा नेपाल सरकारले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ लाई सफल बनाउन लागि पर्ने छौं,’ उनले भने।

सापकोटा नेकपाका नेता अग्नी सापकोटाका छोरा हुन् ।

 

इकान्तिपुरबाट


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!