सहमति नभए हेटौंडा नै राजधानी’ मुख्य मन्त्री

लामोसाँघु, २२ कात्तिक ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सहमति नभए प्रदेश नं. ३ को राजधानी हेटौंडा नै रहने बताएका छन् । शुक्रवार सुनकोसी गाउ“पालिका वडा ७ स्थित सेतीदेवी शारदा माध्यमिक विद्यालयको नवर्निर्मित भवन उदघाट्न गर्दै उनले सहमति नभए संवैधानिक प्रक्रियाबाट भएपनि प्रदेश राजधानी तोक्ने उल्लेख गरे ।
सवैधानिक प्रक्रिया अगाडी बढाउनुबाहेक सहमती मात्रै एक विकल्प रहेको बताउ“दै उनले सहमती भएन भने हेटाडौमै राजधानी रहने प्रष्ट्याए । ‘सहमती नभए, हेटौडामै राजधानी रहन्छ,’उनले भने । लामो समयसम्म राजधानी र नामकरण गर्न नसकेको कुरा चुलिरह“दा मुख्यमन्त्री पौडेलले राजधानी तोक्नेबारे यसरी जाने भन्ने यकिन नभइसकेको सुनाए ।
‘प्रदेश सभाको दुई तिहाइ सदस्यले स्थायी राजधानी र नाम टुंगो लगाउनेछ, सहमती नभए सरकार छ, संविधान छ, त्यसैबाट सबैकुरा निश्चित हुनेछ,’पौडेलले संञ्चारकर्मीस“गको भेटमा भने ।
हरेक स्थानीय तहमा उद्योग ग्राम खोलेर युवालाई उद्यममा जोड्ने लक्ष्य राखिएको उनको भनाइ छ । बलेफी ७ अमलटारको प्रदेश सरकारको सहयोगमा बनेको भुकम्पपीडित युवा उद्यमी तालिम केन्द्र उदघाट्नपछि उनले यसको लागि योजना समेत बनाइरहेको दाबी गरे । जिल्लाभरबाट सयौ युवा विदेशिरहेकाले यसलाई रोक्न रोजागारीको सिर्जना आवश्यक रहेको उनको कथन छ ।
प्रदेश ३ का पर्यटन तथा वन मन्त्री अरुण नेपाल र प्रदेश सांसद सरेश नेपालले प्रदेशलाई सिपमुलक र उद्योगबाट समृद्ध बनाउन कस्सिरहेको बताए । जिल्लाका स्थानीय तहका जनप्रतिनिधिस“ग उनले समृद्धी र संम्भावनाबारे छलफल गरे ।
क्याटेगोरी : राजनीति
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस