गृहपृष्ठ ∕ राजनीति ∕ इन्द्रावती ८ मा नेकपा र कांग्रेसको उम्मेद्वार टुंगो इन्द्रावती ८ मा नेकपा र कांग्रेसको उम्मेद्वार टुंगो Sindhu Khabar कात्तिक १९, २०७६ गते १२:३२ मा प्रकाशित सिपापोखरे, १९ कात्तिक । मंसिर १४ मा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले इन्द्रावती ८ का लागि उम्मेदुवारको टुंगो लगाएक छन् । इन्द्रावती ८ का निर्वाचित अध्यक्ष धनबहादुर श्रेष्ठको मृत्यु भएपछि हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाइएको हो । नेकपाले केदारनाथ आचार्य र कांग्रेसले अशोक तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपाका आचार्य यसअघिका पराजित उम्मेदवार हुन् । उम्मेदवार टुंगो लगाएपछि गाउँपालिका स्तरीय निर्णय सर्वसम्मतिले जिल्ला कार्य समितिलाई बुझाइएको छ । उपनिर्वाचनमा एक हजार ४०४ मतदाता सहभागी हुँदैछन् । यसअघि सो वडामा कांग्रेस विजयी भएको थियो । निर्वाचनमा कांग्रेसबाटनिर्वा्िचत वडाध्यक्ष श्रेष्ठले तीन सय ६४ मत ल्याएका थिए । निकटतम प्रतिद्वन्द्वी तत्कालीन एमाओवादीका केदारनाथ आचार्यले तीन सय ५५ मत ल्याएका थिए भने एमालेका सम्पूर्ण तामाङले दुई सय २१ प्राप्त गरेका थिए । क्याटेगोरी : राजनीति ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोरोना संक्रमण र विपत्तिमा सिन्धुमा खटिनेलाई काँग्रेस नेता बस्नेतले सम्मान… सिन्धुपाल्चोकमा नेकपा जिल्ला कमिटि विस्तारमा हानथाप, ओली समूहले थप्यो १… मन्त्रीको ‘अफर’ आएपछि ओली तिरै फर्के तामाङ यसै साता सिन्धुपाल्चोकमा प्रचण्ड-माधव समूहमा ठूलो धक्का लाग्छः महेश बस्नेत धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे