प्रदेश प्रमुख हटाएर सरकारले संविधानको अवज्ञा गरेको देउवाको आरोप

ठोकर्पा, १८ कात्तिक ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश प्रमुख हटाउने निर्णय गरेर सरकारले लोकतान्त्रिक संस्कारको अवज्ञा गरेको धारणा राखेका छन् ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका—१, ठोकर्पास्थित बाघभैरब माद्यामिक विद्यालयको पुर्ननिर्मित भवन हस्तान्तरण कार्यक्रममा सोमबार आएका देउवाले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सरकारले प्रदेश प्रमुख हटाउने निर्णयको काँग्रेसले घोर भत्र्सना गर्ने बताएका हुन् । अघिल्ला सरकारले गरेका निर्णय बदर गर्नु लोकतान्त्रिक संस्कार बिरुद्ध भएको देउवाको भनाई थियो । उनले प्रधानमन्त्री ओलीले तत्कालीन सरकारको निर्णय उल्ट्याउँदिन भनेर आफूलाई ढाँटेको पनि बताए ।
सरकारले पटक पटक गरेर गल्ति दोहो¥याउँदै देउवाले अब काँग्रेसले सरकार बिरुद्धको आन्दोलनको तयारी गर्ने जनाउ दिए । सरकार पटक पटक गल्ति गर्दै आएको छ, देउवाले भने, अब काँग्रेस बाध्य भएर आन्दोलनमा उत्रनुपर्ने अबस्था आएको छ । उनले सरकारले प्रदेश प्रमुख हटाउने निर्णयले अघिल्लो सरकारले संविधानको अवज्ञा गरेको बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले नागरिकको स्वतन्त्रता हनन् हुने कुनै पनि निर्णय काँग्रेसलाई मान्य नहुने बताए । उनले काँग्रेसले चुनाव जितेका स्थानीय तहमा भेदभाव नगर्न सरकारलाई आग्रह गरे । उनले स्थानीय तहमा राजनीतिक प्रतिशोध नराखी समान व्यवहार नगरिए ठिक नहुने सरकारलाई चेतावनी दिए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम पुर्वमन्त्री अग्नीप्रसाद सापकोटाले चिनिया राष्टपति सि जिङपिङको नेपाल भ्रमणले सिन्धुपाल्चोकको विकासले नयाँ फड्को मार्ने बताए । उनले सीमा जोडिएका जिल्लाको विकासमा चिन सरकारले लगानी गर्ने प्रतिवद्धता जनाएकाले यहाँको विकासको ढोका खुलेको बताए ।
पुर्वमन्त्री एवम नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतले राजनीतिक दलहरुलाई यो समय विचार र सिद्धान्तको नभई विकासका लागि प्रतिस्पर्धा गर्न आग्रह गरे । उनले निर्वाचनका बेला बैचारिक बहस र अन्य बेला विकासको काममा लाग्न सबै नेतालाई आग्रह गरेका थिए ।
भूकम्पले ध्वस्त बनाएको भागभैरव माविको भवन एशियाली विकास बैंकको नौ करोड १८ लाख रुपैया लागतमा पुर्ननिर्माण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम वडा अध्यक्ष नेत्र कार्कीले जानकारी दिए ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस