गृहपृष्ठ ∕ राजनीति ∕ सुकुटे दुर्घटना : साँसद सापकोटाद्धारा दुःख व्यक्त सुकुटे दुर्घटना : साँसद सापकोटाद्धारा दुःख व्यक्त kishor कात्तिक १८, २०७६ गते १५:३८ मा प्रकाशित चौतारा, १८ कात्तिक । १८ जनाको ज्यान जाने गरी भएको सुकुटे बस दुर्घटनामा भएको मानवीय क्षतिले स्तब्ध बनाएको भन्दै नेकपाका प्रभावशाली नेता एवं सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रतिनिधि सभा साँसद अग्नीप्रसाद सापकोटाले दुःख व्यक्त गरेका छन् । आज (सोमबार) शोक वक्तव्य जारी गर्दै नेकपाका स्थायी समिति सदस्यसमेत रहेका सापकोटाले दुःख व्यक्त गरेका हुन् । शोक बक्तव्यमार्फत साँसद सापकोटाले दुर्घटनामा परी मृत्यु भएका यात्रुहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले दुर्घटनापछिको उद्धारमा लागेका स्थानीयवासी, नागरिक समाज, निजामति कर्मचारी, प्रहरीलगायत सबैमा कृतज्ञता व्यक्त समेत गरेका छन् । शोक वक्तव्यमा भनिएको छ ‘यस हृदयबिदारक सवारी दुर्घटनामा परी दिबंगत हुने यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । उक्त दुर्घटनामा घाइतेहरुको औषधी उपचारको उचित ब्यबस्थापनका लागि सरकार समक्ष अनुरोध गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । पछिल्लो समय सिन्धुपाल्चोकलगायत देशका विभिन्न भागमा भएका यस प्रकारका दुर्घटनाहरु न्यूनीकरण गर्नका लागि आवश्यक व्यवस्थाका लागि समेत सरकारका सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु । दुर्घटनापछिको उद्दार कार्यमा लाग्नु हुने स्थानीयबासी, नागरिक समाज, निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सहयोगी सबैमा कृतज्ञता व्यक्त गर्दछु ।’ आइतबार दोलखाको मुगा देउरालीबाट काठमाण्डौंका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदिमा खस्दा १८ जनाको मृत्यु भएको थियो । क्याटेगोरी : राजनीति ट्याग : #banner, #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेलम्चीको मुहानमा किसुनजीको शालिक बनाउँछौंः विभाग प्रमुख बस्नेत कोरोना संक्रमण र विपत्तिमा सिन्धुमा खटिनेलाई काँग्रेस नेता बस्नेतले सम्मान… सिन्धुपाल्चोकमा नेकपा जिल्ला कमिटि विस्तारमा हानथाप, ओली समूहले थप्यो १… मन्त्रीको ‘अफर’ आएपछि ओली तिरै फर्के तामाङ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे