गृहपृष्ठ ∕ राजनीति ∕ उपराष्ट्रपति पुनले गरे पुनर्निर्माण चाँडो सक्न आग्रह उपराष्ट्रपति पुनले गरे पुनर्निर्माण चाँडो सक्न आग्रह Sindhu Khabar कात्तिक १४, २०७६ गते १८:०५ मा प्रकाशित साँगाचोक, १४ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले पुनर्निर्माणको कामलाई छिटो सकेर समृद्ध नेपाल सुखी नेपालीको दायित्वतर्फ लाग्न सबैलाई आग्रह गरेका छन् । भूकम्प गएको साँढे चार वर्षमा पनि पुनर्निर्माण नसकिनु दुःखको विषय भएको पुनको भनाइँ छ । ‘भूकम्पले क्षति पु¥याएका भौतिक संरचनाको पुनर्निर्माण चाँडो सक्न सबै निकायको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने, ‘पुनर्निर्माणमा सहयोग गर्ने हिल्फेजस्तै सबै विदेशी संघसंस्थालाई धन्यवाद दिन चाहन्छु ।’ उच्च वलिदान र संघर्षबाट गणतन्त्र स्थापना भएकोले यसको संरक्षण गर्दै समृद्धिको बाटोमा अघि बढ्न पुनले सबैलाई आग्रह गरे । प्राकृतिक सम्पदाले भरिएको सिन्धुपाल्चोक नमूना जिल्ला बन्नसक्ने बताउँदै उनले भने, ‘यहाँका जनप्रतिनिधि र राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्ने हो भने समृद्ध सिन्धुपाल्चोक बन्न गाह्रो छैन ।’ कार्यक्रममा बोल्दै सहयोगी हात नेपाल–हिल्फे वाइलेंग्रिस जर्मनीका अध्यक्ष राल्फ पेसलले भूकम्पले ध्वस्त विद्यालयको पुनर्निर्माणपछि सुविधासम्पन्न भवनमा बसेर बालबालिकाले पढ्न पाएकोमा खुसी व्यक्त गरे । क्याटेगोरी : राजनीति ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय नेकपा(आेलीपक्ष) ईन्द्रावतीमा विभिन्न संगठन गठन खेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध सिन्धुपाल्चोककाे सबै वडामा कांग्रेसकाे बिराेध धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ? ८महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह