शनिबार, असोज ६, २०८०
गृहपृष्ठराजनीति‘बाम सरकारले मुलुकलाई जात्रा बनायो’–डा.महत

‘बाम सरकारले मुलुकलाई जात्रा बनायो’–डा.महत


बाह्रविसे, ७ कात्तिक ।
नेपाली कांग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले बाम सरकारले मुलुकलाई जात्रा बनाएर डुबाएको बताएका छन् । बाह्रबिसे बजारमा कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले विश्वभर कम्युनिष्ट सरकार असफल भइसकेको दाबी गरे ।
चीनमा समेत कम्युनिष्ट सरकार आर्थिक रुपमा असफल भएको बताउँदै उनले जनमाझ भने, ‘संसारभर कम्युनिष्ट सरकारको लागि दश प्रतिशत पनि मत खस्दैन, तर नेपालमा ५० प्रतिशतभन्दा बढी मत खसेको छ, यो कहि नभएको जात्रा हाडीगाउँमा भनेजस्तै हो ।’
संसदीय निर्वाचनमा कांग्रेसले काम गरेपनि प्रचारको कमीले गर्दा पछाडी परेको उनले तर्क गरे । जिल्लाभरको तीन नगर र नौ गाउँपालिकाको चुनावमा यस्तै कुरा दोहोरिएको उनको विश्लेषण थियो । ‘सिन्धुपाल्चोकमा यही भएको छ, बाम कार्यकर्ताले देशभर जनतालाई दिक्क लाग्ने गरी प्रचार गरे, हामी काम गरेर पनि चुपचाप बस्यौ,’ उनले भने । वाम सरकारको आलोचना मात्रै नगरी राम्रो कुरा पनि सिक्नुपर्ने भन्दै जिल्ला र केन्द्रिय तहका नेता तथा कार्यकर्तालाई एक भएर लाग्न आग्रह गरे । आफू परराष्ट्र र अर्थ मन्त्री रहँदा कांग्रेसकै नेतृत्वमा सुविधाजनक सडक, बिजुलीदेखि अनेक आयोजना, वृद्धभत्तालाई दोब्बर बनाएर जनहितको लागि ल्याएको उनले भनाई राखे ।
जिल्लाको समृद्धिका लागि सबै एक भएर लाग्ने प्रतिबद्धता गर्दै नेपाली कांग्रेसले फड्को मारिसकेको पूर्व सुचना तथा संञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए । उनले बाम सरकारले निरकुशंतापूर्वक सबै अधिकार आफ्नो हातमा लिएर जथाभावी गरिरहेको जनाए । नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतसहित जिल्लाका विभिन्न नेता तथा जनप्रतिनिधि, उम्मेद्धारले आफ्नो मन्तव्य राखेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!