बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठराजनीतिभोटसिपा दुर्घटना :पूर्व मन्त्री बस्नेतले ज्यान गुमाएका परिवारलाई निशुल्क शिक्षा दिलाउने

भोटसिपा दुर्घटना :पूर्व मन्त्री बस्नेतले ज्यान गुमाएका परिवारलाई निशुल्क शिक्षा दिलाउने


भोटसिपा, २४ असोज ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ईन्द्रावती गाउँपालिका वडा नम्बर १० स्थित तिखुमोडमा आज भएको बस दुर्घटनामा परी मृत्यु भएका परिवारका सदस्यका टुहुरा बालबालिकालाई निशुल्क शिक्षा प्रदान गरिने प्रतिबद्धता जनाएका छन् । धुलिखेल अस्पतालमा रहेका घाइतेको उपचार राम्रो गर्नु भन्ने निर्देशन दिदैै पूर्व मन्त्री बस्नेतले घाइतेका आफन्तलाई ५० हजार रुपैयाँ औषधिका लागि हस्तान्तरण समेत गरे ।
घाइते भएकाहरुलाई अस्पतालमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उक्त बस दुर्घटनामा परी धुलिखेल अस्पताल उपचारत घाइतेहरुलाई भेट्न यहाँ आएका नेता बस्नेतले उपचारत विरामी र आफन्तलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए
बस्नेतसँगै उपचारत बिरामीको अबस्था बुझ्न तथा सहयोग गर्न सुनकोसी गाउँपालिकाका अध्यक्ष श्रावणकुमार जिसि, वडाध्यक्ष रामकुमार थापा, रुपकाजी लामा र नेपाली काँग्रेस क्षेत्र नम्बर २ का उपसभापति नवराज भट्टराई पनि अस्पतालमा आएका थिए ।
नेता बस्नेतले अस्पताल प्रशासनसँग कुरा गर्दै घाइते विरामीको उचित उपचारमा कुनै पनि कमि र कन्जुस्याईँ नगर्न आग्रह पनि गरे । सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौ आउँदै गरेको हेलम्बु यातातातको बा २ ख २७१५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ११ जनाको मृत्यु र १ सय भन्दा बढि घाइते भएका थिए ।
विहान भएको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित बडहरे चोकमा भएको बस दुर्घटनामा परि १२ जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाण्डौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २ सय मिटर तल खस्दा चालकसहित १२ यात्रुको मृत्यु भएको हो ।
दुर्घटनामा पचास बढी घाइते छन् । घाइतेको धुलिखेल अस्पताल र बिर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीकाअनुसार पाँच जनाको घटनास्थलमा, एकको उपचारका लागि लैजाँदै गर्दा बाटोमा र पाँच जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
घटनास्थलमै मृत्यु हुनेमा काभ्रे बनेपाका चालक केदार महाजु, काभ्रे पाँचखालकी संगीता पुर्काेटी, इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही स्थानका बिनोद लम्साल, इन्द्रावती १० का रितेश आचार्य रहेका छन् । इन्द्रावती १० माइती भई हाल ललितपुरकी संगीता श्रेष्ठको उपचारका लागि लैजाँदै र्गा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनकाअनुसार उपचारको क्रममा धुलिखेल अस्पतालमा इन्द्रावती ९ की ४६ वर्षिया जुनादेवी लम्साल इन्द्रावती १० का २० वर्षिय गणेश तामाङ, इन्द्रावती १० का मिना मगर, सुवास अधिकारी र सुमित पुर्कोटीको मृत्यु भएको हो ।
घाइतेको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल र इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले हेलिकोप्टरबाट घाइतेको उद्धार गरि उपचारका लागि धुलिखेल र राजधानी लगेका हुन् । दुलालले सेनाको हेलिकोप्टरबाट घाइतेलाई उपचारका लागि अस्पताल लगेका थिए भने वंशलालले व्यक्तिगत रुपमा हेलिकोप्टर चार्टर गरेका हुन् ।


क्याटेगोरी : राजनीति, समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!