शनिबार, असोज ६, २०८०
गृहपृष्ठराजनीतिभोटसिपा दुर्घटना : मन्त्री दुलाल र गाउँपालिका अध्यक्ष तामाङ उद्धारका लागि घटनास्थलमा

भोटसिपा दुर्घटना : मन्त्री दुलाल र गाउँपालिका अध्यक्ष तामाङ उद्धारका लागि घटनास्थलमा


भोटसिपा, २४ असोज ।
भोटसिपा बस दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल घटनास्थल आइपुगेका छन् । घाइतेको उद्धारका लागि उनी सेनाको हेलिकोप्टर लिएर घटनास्थल आइपुगेका हुन् ।
मन्त्री दुलालको निर्वाचन क्षेत्र समेत रहेको इन्द्रावती गाउँपालिका १० मा बिहान बस दुर्घटना भएको हो । घाइतेको उद्धार गर्न गाउँपालिका अध्यक्ष वंशलाल तामाङ पनि घटनास्थलमै छन् । बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या एघार पुगेको छ । इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाण्डौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २ सय मिटर तल खस्दा चालकसहित एघारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाँच जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । पाँच जनाको घटनास्थलमा, एकको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा काभ्रे बनेपाका चालक केदार महाजु, काभ्रे पाँचखालकी संगीता पुर्काेटी, इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही स्थानका बिनोद लम्साल, इन्द्रावती १० का रितेश आचार्य रहेका छन् । घाइतेको हेलिकोप्टरबाट उद्धार भइरहेको छ ।
क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनकाअनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुन सक्ने देखिन्छ । थप विवरण आउन बाकी रहेको डिएपसी काफ्लेले जानकारी दिए ।


क्याटेगोरी : राजनीति, समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!