बुधबार, असोज १७, २०८०
गृहपृष्ठराजनीतिबामपंथी सरकार भ्रष्टाचार तर्फ उन्मुख-बस्नेत

बामपंथी सरकार भ्रष्टाचार तर्फ उन्मुख-बस्नेत


नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एबम पुर्ब संचारमन्त्री मोहन बहादुर बस्नेतले अहिलेको ओलि नेतृत्वको बामपंथी सरकार भ्रष्टाचार तर्फ उन्मुख भएको बताएका छन। दोस्रो चरणको काङ्ग्रेस जागरण अभियानलाई सम्बोधन गर्दै नेता बस्नेतले सरकारले जनतालाई करको भारि बोकाएर जनतालाई पिडा दिएकोले काङ्ग्रेसले अब भ्रष्टाचारको विरुद्धमा भण्डाफोर गर्दै बताएका छन । ओलि सरकारको नेतृत्वमा रहेको हरेक मन्त्रालयमा भ्रष्टाचार मौलाएको छ, तर सरकार भ्रष्टाचारिलाइ नियन्त्रण गर्नुको साट्टो प्रसय दिदै आइरहेछो छ। इतिहासमै सरकारको नालायकपनले बेइज्जत गरेको उनको दाबी छ। हामीले निर्वाचन अगाबै भनेका थियौ कम्न्युस्ट सरकारले जनता माथी अत्याचार गर्ने छ। अहिले स्वयं त्यही भइरहेकोले अब जनता सरकार विरुद्ध लाग्न पर्ने उनले बताए। नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर एकले आयोजना गरेको जागरण सभालाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। केन्द्रिय प्रतिनिधि मिनकृस्ण महर्जनले सरकारले बहुमतको दम्भ देखाएर अधिनायकवाद लाद्न खोजेको आरोप लगाए। कार्यक्रममा बोल्ने अधिकाश नेताहरुले सरकारको चर्को आलोचना गरेका थिए।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!