शनिबार, असोज ६, २०८०
गृहपृष्ठराजनीति‘नेपालमा लोकतन्त्र माथि खतरा आएमा कांग्रेस लड्नेछ,’ केन्द्रीय सदस्य जोशी

‘नेपालमा लोकतन्त्र माथि खतरा आएमा कांग्रेस लड्नेछ,’ केन्द्रीय सदस्य जोशी


चौतारा, ७ असोज- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले सरकारले नेपाललाई कम्युनिष्टकरण गर्ने र देशलाई द्धन्द्धतिर धकेल्न खोजिरहेको आरोप लगाएका छन् । सदरमुकाम चौतारामा भएको राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको अभियानलाई सम्बोधन गर्दै उनले नेपालमा लोकतन्त्रमाथि खतरा आएमा नेपाली कांग्रेस जनताका लागि लड्नेसमेत दाबी गरे ।

सरकार आफैले संविधानको उल्लघंन गरेको भन्दै केन्द्रीय सदस्य जोशीले लोकतन्त्रको उपहास गरेको बताए । हालै राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवामाथि अभद्र व्यवहार गरेर अपमान गरेको भन्दै उनले राष्ट्रपति आफैले आफ्नो नालायकीपन देखाएको बताए ।

कांग्रेस जिल्ला सभापति विकास लामाले सरकार जनताविरोधी भएको उल्लेख गरे । ‘नेपालमा भएका आन्दोलनमा शेरबहादुर देउवा नलडेको भए राष्ट्रपति अहिलेको  अवस्थमा पुग्ने थिइनन्,’ उनले भने, ‘आन्दोलन गरे, जेल परेर जिब्रोमा करेन्ट लगाइँदासमेत देशका लागि लडेका देउवाले जनताका लागि त्याग गरेका हुन् ।’ जागरण अभियान अन्तर्गतको समापन कार्यक्रमका सभापति समेत रहेका लामाले जागरण अभियानले सिन्धु कांग्रेसमा शक्ति ल्याएको दावी गरे ।

दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन सिन्धुपाल्चोकमा दुई ठाउँमा कार्यक्रम गरिएको थियो । चौतारासँगै अरनिको राजमार्ग अन्तर्गत खाडीचौरमा कांग्रेसका केन्द्रीय सदस्यले अर्काे कार्यक्रम गरेका थिए ।

जागरणका साथै विरोध प्रदर्शन मूलत बढ्दो महँगी, भ्रष्टाचार ९वाइड बडी, न्यारो बडी प्रकरणलगायत०, महिला हिंसा, बलात्कार र हत्या, संविधानको भावना प्रतिकूल भनिएका विधेयकविरूद्धका मुद्दामा केन्द्रित  रहेको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!