गृहपृष्ठ ∕ राजनीति ∕ ‘जनप्रतिनिधि राजा बन्ने होइन जनताको सेवक बन्नुपर्छ’ अग्नि ‘जनप्रतिनिधि राजा बन्ने होइन जनताको सेवक बन्नुपर्छ’ अग्नि Sindhu Khabar असोज ६, २०७६ गते १९:४६ मा प्रकाशित बलेफी, ७ असोज-नेकपाका नेता अग्निप्र्रसाद सापकोटाले निर्वाचित जनप्रतिनिधिले आफुलाई राजामहाराजको शैली नदेखाउन स्थानीय तहका जनप्रतिनिधिलाइ आग्रह गरेका छन् । बलेफी गाउँपालिका ४ मा संविधान दिवस तथा भूकम्पपीडित परिवारलाई आवास सम्पन्न प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सापकोटाले अहिले हरेक जनप्रतिनिधिलाई जनताले नियाली रहेकाले जनताको भावनालाई समेटेर विकासको काम गर्न स्थानीयतहका जनप्रतिनिधिलाइ सुझाव दिएका हुन् । अहिलेको यो समय र परिस्थितीमा जनतालाई झुक्याएर काम गर्ने सोच बनाउने स्थानीय सरकार प्रमुख या राजनीतिक व्यक्ति जो कोहीले पनि नसोचे हने जनाउँदै जनता सचेत भइसकेको उनले बताए । त्यस्तै नेकपाका बलेफि गाउँपालीका इन्चार्ज गगां तामाङ प्रवेशले स्थानीय सरकार प्रमुखहरुले जनताको भावनालाइ समेटेर काम गर्न पर्ने बताए । उनले भने, स्थानीय तहमा सोचे अनुसार विकासको काम गर्न समस्या आएकोले त्यसलाइ जनप्रतिनिधिहरुले समाधान खोजेर अघि बढ्पर्नेमा जोड दिए बलेफी गाउँपालिका ४ का करिव ५ सय आवास निर्माण सम्पन्न परिवारलाई प्रमाणपत्र प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । पछिल्लो समय आवास निर्माण सम्पन्न गर्ने भुकम्पपीडित परिवारलाइ प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम भइरहेको छ । जिल्लामा करिव २५ घरपरिवारलाइ आवास निर्माण सम्पन्न प्रमाणपत्र प्रदान गरिसकेको छ । क्याटेगोरी : राजनीति ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेलम्चीको मुहानमा किसुनजीको शालिक बनाउँछौंः विभाग प्रमुख बस्नेत कोरोना संक्रमण र विपत्तिमा सिन्धुमा खटिनेलाई काँग्रेस नेता बस्नेतले सम्मान… सिन्धुपाल्चोकमा नेकपा जिल्ला कमिटि विस्तारमा हानथाप, ओली समूहले थप्यो १… मन्त्रीको ‘अफर’ आएपछि ओली तिरै फर्के तामाङ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे