बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठराजनीतिप्रचण्डले दोहोरो भूमिका खेल्नुभयो–एमाले उपाध्यक्ष पाण्डे

प्रचण्डले दोहोरो भूमिका खेल्नुभयो–एमाले उपाध्यक्ष पाण्डे


मेलम्ची–नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले दोहोरो भूमिका खेलेको आरोप लगाएका छन् ।

मिसन ग्रासरूट अभियान अन्तर्गत शनिबार मेलम्चीमा आयोजित बृहत क्षेत्रीय भेला तथा बनभोज कार्यक्रममा उनले एमालेले प्रधानमन्त्री बनाएको दुई महिना नबित्दै प्रचण्डले फेरि सहकार्य परिवर्तनको तयारी गरिरहेको बताए ।

नेता पाण्डेले भने, ‘चुनावमा कांग्रेससँग सहकार्य गरेको माओवादीले हाताहाती प्रधानमन्त्री दिन नमानेपछि प्रचण्ड बालकोट पुगेका थिए ।’

राष्ट्रपतिको निर्वाचनसम्म कुर्ने धैर्यता प्रचण्डमा नभएको भन्दै उनले कांग्रेस पनि सत्ताविना बस्नै नसक्ने प्रवृत्ति देखाएको प्रतिक्रिया दिए ।

एमाले अहिले चौतर्फी घेराबन्दीमा परेको उल्ल्ेख गर्दै पाण्डेले भने, ‘एमालेले देशव्यापी रुपमा सञ्चालन गरेको मिसन ग्रासरुट अभियानमा केन्द्रीय नेतादेखी स्थानीय कार्यकर्ताहरु एक भएर संगठन बलियो बनाउनु पर्छ ।’

एमालेले तय गरेको उम्मेदवार नै राष्ट्रपति–शेरबहादुर तामाङ

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले नेकपा एमालेको नेतृत्व र अगुवाईमा राष्ट्रपति बनाउने दाबी गरे ।

उनले एमालेले नेतृत्व गरेका बेला मुलुकको परिवर्तनका नयाँकाम सुरु गरेको उल्लेख गर्दै जनतालाई देशमा परिवर्तन हुन्छ भन्ने विश्वास दिलाएको बताए ।

नेता तामाङले एमालेले बनाएको गठबन्धन तोड्का लागि दिलोज्यान दिएर केही दलहरु लागि परेको जिकिर गरे।

बाहुनेपाटी पुल निमार्ण, मध्यपहाडी लोकमार्ग लगायतका विषयमा आफूले गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै तामाङले मोहनबहादुर बस्नेतले पुल बनाउन शेरबहादुर तामाङले रोक्यो भनेर बोल्दै हिँडेकोप्रति आपत्ति जनाए ।

उनले मेलम्चीमा पक्कि पुल बन्नुपर्ने भन्दै बेलिब्रिज हालेर झारा तिर्न नपाइने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य माधव ढुंगेल, सोम मिश्र, निर्मल भट्टलाई, केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर अर्याल, केन्द्रीय सल्लाहकार परिषद् सदस्य कृष्णराज श्रेष्ठ लगायत प्रदेश तथा जिल्ला तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!