बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठराजनीतिसिन्धु एमालेको मिसन ग्रासरुट अभियान सुरु

सिन्धु एमालेको मिसन ग्रासरुट अभियान सुरु



केन्द्रीय नेतृत्वसँगै प्रदेश र जिल्लातहका नेताहरुसमेत वडा तथा बस्तीसम्म अभियान लिएर पुग्ने कार्यतालिका जिल्ला कमिटिको बैठकले निर्माण गरेको छ । पार्टी केन्द्रले चार केन्द्रीयलाई प्रतिनिधि बनाएर पठाएकाे छ ।


चौतारा–नेकपा (एमाले) सिन्धुपाल्चोकले मिसन ग्रासरुट अभियान सुरु गरेको छ ।

सोमबार जिल्ला कमिटिको बैठकले निर्णय गर्दै नेताहरुलाई ग्रासरुट अभियानमा जोडिन भूगोल छुट्याउँदै अभियान सुरुवात भएको जनाएको हो । सो अभियान अन्तर्गत केन्द्रीय नेतृत्व पालिका तथा वडा तहसम्म पुग्नेछन् ।

सिन्धुपाल्चोकका लागि केन्द्रीय कमिटिका सोम मिश्र, निर्मल भट्टराई, मनोजजंग थापा र माधव ढुंगेल आइतबारदेखि नै भूगोलका कार्यक्रममा सहभागी भएको जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए। पार्टी केन्द्रले उनीहरुलाई केन्द्रीय प्रतिनिधि बनाएर पठाएकाे हाे ।

पार्टी संगठन शुद्धीकरण तथा सुदृढीकरण र बिस्तार गर्दै जनतामाझ पार्टी स्थापित गर्न अभियान सार्थक हुने अध्यक्ष नेपालले बताए ।

चौतारा साँगाचोकगढी नगरपालिका, जुगल र ईन्द्रावती गाउँपालिकामा सोम मिश्र, बलेफी, भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकामा निर्मल भट्टराई, त्रिपुरासुन्दरी, लिसंखुपाखर र सुनकोशी गाउँपालिकामा मनोजजंग थापा तथा मेलम्ची नगरपालिका, पाँचपोखरी र हेलम्बु गाउँपालिकामा माधव ढुंगेल मिसन ग्रासरुट अभियानमा सहभागी हुने कार्यतालिका नेकपा एमालेले सार्वजनिक गरेको छ ।

केन्द्रीय नेतृत्वसँगै प्रदेश र जिल्लातहका नेताहरुसमेत वडा तथा बस्तीसम्म अभियान लिएर पुग्ने कार्यतालिका जिल्ला कमिटिको बैठकले निर्माण गरेको छ ।

चुस्त संगठन निर्माण, सुदृढ एमाले निर्माण गर्दै पार्टी संगठन बिस्तारका लागि मिसन ग्रासरुट अभियानको औपचारिक सुरुवात सोमबारबाट भएको र यो अभियान दुई महिना संचालन हुने नेकपा एमाले सिन्धुपाल्चोककले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!