सोमबार, फागुन १४, २०८०
गृहपृष्ठराजनीतिअनेरास्ववियुकाे केन्द्रीय कमिटीमा सिन्धुपाल्चोकबाट ४ जना विजयी

अनेरास्ववियुकाे केन्द्रीय कमिटीमा सिन्धुपाल्चोकबाट ४ जना विजयी


काठमाडौं-नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय बिद्यार्थी संगठन (अनेरास्ववियु)काे केन्द्रीय कमिटीमा सिन्धुपाल्चोकबाट ४ जना विजयी भएका छन् ।

काठमाडौंमा भएकाे अखिलकाे २३ आैं महाधिवेशनबाट सचिव, स्थायी कमिटी र केन्द्रीय सदस्य पदमा जिल्लाबाट विजयी भएका हु्न ।केन्द्रीय कमिटी सचिवमा सन्जिव धिताल, स्थायी कमिटी सदस्यमा सुजिता धिताल विजयी भए ।

त्यस्तै केन्द्रीय सदस्यमा रोशनी तामाङ र कमल बुढाथोकी विजयी भएका हुन् । केन्द्रीय सदस्य तामाङबाहेक अन्य निर्वाचनबाट विजयी भए भने राेशनी निर्विराेध भएकी थिईन् । उनले वाग्मती प्रदेशकाे खुला महिलातर्फबाट उम्मेदवारी दर्ता गरेकी थिईन् ।

५ काेटा रहेकाे साे पदमा ५ जनाकाे मात्रै उम्मेदवारी परेपछि उनी निर्विराेध भएकाे निर्वाचन समितिले जनाएकाे छ । अखिलकाे याे महाधिवेशनमा सिन्धुपाल्चोकबाट पदाधिकारीसहित ११ जनाले उम्मेदवारी दिएका थिए ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!