बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठराजनीतिअनेरास्ववियुकाे केन्द्रीय सदस्यमा सिन्धुकी राेशनी निर्विराेध

अनेरास्ववियुकाे केन्द्रीय सदस्यमा सिन्धुकी राेशनी निर्विराेध


काठमाडौं-नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी संगठन (अनेरास्ववियु)काे केन्द्रीय सदस्यमा सिन्धुपाल्चोककी राेशनी तामाङ निर्विराेध चयन भएकी छन् ।

ईन्द्रावती गाउँपालिका, भाेटसिपाकी तामाङ काठमाडाैमा जारी अखिलकाे २३ आैँ  महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्विराेध भएकी हुन् ।

उनले वाग्मती प्रदेशकाे खुला महिलातर्फबाट उम्मेदवारी दर्ता गरेकी थिईन् । ५ काेटा रहेकाे साे पदमा ५ जनाकाे मात्रै उम्मेदवारी परेपछि उनी निर्विराेध भएकाे निर्वाचन समितिले जनाएकाे छ ।

अखिलकाे याे महाधिवेशनमा सिन्धुपाल्चोकबाट उनीसहित पदाधिकारीसहित ११ जनाले उम्मेदवारी दिएका थिए । तर, उनी मात्रै निर्विराेध भएकी हुन् ।

जिल्लाबाट सन्जिब धिताल र हिरा चौलागाईंले सचिवमा उम्मेदवारी दिएका थिए । त्यस्तै रामचन्द्र थापा र बैकुण्ठ लुइटेलले स्थायी कमिटी सदस्यमा उम्मेदवारी दिएका छन् । उमेश थापा र सुजिता धिताल पनि स्थायी कमिटी पदका लागि चुनावी मैदानमा छन्।

त्यसैगरी कमल बुढाथोकी, लक्ष्मण सिलवाल, अमृत थापा, हिरा थामीले केन्द्रिय सदस्य पदका लागि चुनावी मैदानमा छन् । उनीहरूका लागि मतदान जारी छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!