बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठराजनीतिचौतारा–नवलपुर–मेलम्ची सडक कालोपत्रे गर्दै छाैँ–मन्त्री दुलाल

चौतारा–नवलपुर–मेलम्ची सडक कालोपत्रे गर्दै छाैँ–मन्त्री दुलाल



‘छिट्टै सूचना निकालेर ठेक्का सम्झौता गरी यो सडक कालोपत्रे गर्ने दिशामा अघि बढेका छौँ,’ उनले भने । एकसाथ मेलम्ची र चौताराबाट कालोपत्रेको काम हुने गरी ठेक्का निकाल्ने तयारी भइरहेको मन्त्री दुलालले जानकारी दिए ।


सानोसिरुवारी–बागमती प्रदेशका भौतिक योजनामन्त्री युवराज दुलालले चौतारा–नवलपुर–मेलम्ची सडक छिट्टै कालोपत्रे सुरु हुने बताएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–७ स्थित सिद्धिगणेश माविको ६१ औँ वार्षिकोत्सवको बिहीबार उद्घाटन गर्दै उनले जिल्लाकै बाइपास र राजधानी काठमाडौँसँग सहज पहूँच स्थापित गर्ने महत्वपूर्ण यो सडक कालोपत्रेको लागि भौतिक मन्त्रालयले ठेक्का आह्वान गर्ने तयारी गरिरहेको बताए ।

‘छिट्टै सूचना निकालेर ठेक्का सम्झौता गरी यो सडक कालोपत्रे गर्ने दिशामा अघि बढेका छौँ,’ उनले भने । एकसाथ मेलम्ची र चौताराबाट कालोपत्रेको काम हुने गरी ठेक्का निकाल्ने तयारी भइरहेको मन्त्री दुलालले जानकारी दिए ।

मोडेल स्थापना गरेर सिन्धुपाल्चोक र प्रदेशकै विकास गर्ने योजना आफूले बनाएको उनको भनाइ छ । मन्त्री दुलालले आफू अघिल्लो कार्यकाल सामाजिक विकासमन्त्री हुँदा थालनी गरेका कामको समीक्षा र भावी कार्यक्रमसमेत सुनाए ।

बागमती प्रदेशमा २० वटा नमूना प्रादेशिक विद्यालय कार्यक्रम आफ्नै अघिल्लो कार्यकालदेखि सञ्चालनमा रहेको जनाउँदै उनले त्यसलाई थप व्यवस्थित बनाउन आफूले पहल गरिरहेको जनाए ।

आफ्नै कार्यकालमा विद्यालय नर्स कार्यक्रम लागू गरिएको सुनाउँदै मन्त्री दुलालले भने, ‘आगामी वर्षदेखि प्रदेशका सबै माविमा नर्स पु¥याउने प्रस्ताव गरेको छु । त्यसैअनुरुप काम अघि बढिरहेको छ ।’

पूरानो कार्यक्रममा अब २ सय जति नर्स थप्दा एक मावि एक नर्स कार्यक्रमले पूर्णता पाउने उनको भनाइ थियो ।
राज्यले सार्वजनिक शिक्षामा लगानी बढाउनु पर्ने खाँचो औँल्याउँदै मन्त्री दुलालले बागमती सरकारले यसलाई ध्यानमा राखेर काम गर्न खोजेको स्पष्ट पारे ।

बिहीबार साँझै सदरमुकाम चौतारामा प्रेस सेन्टरसँग आवद्ध पत्रकार र सदरमुकाममा उपलब्ध सञ्चारकर्मीसँग छलफल गर्दै मन्त्री दुलालले सिन्धुपाल्चोक विकासको संक्षिप्त मोडेल प्रस्तुत गरे ।

‘मेरो अघिल्लो कार्यकालमा मैले सुरु गरेको चौतारा रंगशाला, दिनेश रामजी स्मृति बहुप्राविधिक विद्यालयलाई एउटा उचाइमा पु¥याउने छु,’ उनले भने ।

आफ्नो निर्वाचन क्षेत्र, सिन्धुपाल्चोक र सिँगो प्रदेशको बृहत्तर विकास हुने गरी आफूले काम गर्ने उनले प्रतिवद्धता जनाए ।

‘धुर्मुस–सुन्तली फाउण्डेसनले बीचमै छोडेको चितवनमा बन्दै गरेको क्रिकेट रंगशालाकाे विषयमा समेत गम्भिर हुँदै काम गर्ने तयारीका जुटेको छु,’ मन्त्री दुलालले सबिस्तार सुनाए ।

आगामी असारसम्मलाई आफ्नाे मन्त्रालयकाे पूर्वनिर्धारित कार्यक्रमको नियमन गर्दै आउँदो आर्थिक वर्षमा खास काम गर्ने गरी आफूले तयारी थालिसकेको मन्त्री दुलालले भनाइ छ ।

उक्त छलफलमा प्रेस सेन्टर सिन्धुपाल्चोकले नवनिर्वाचित प्रदेश सांसद तथा नवनियूक्त भौतिकमन्त्री दुलालाई बधाइ तथा सम्मान ज्ञापन गरेको थियो ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!