बागमतीका भौतिकमन्त्री दुलाल को हुन् ?

चौतारा–सिन्धुपाल्चोकका लोकप्रयि नेता युवराज दुलाल (शरद) बागमती प्रदेश सरकारको भौतिकमन्त्री बनेका छन् ।
बागमती सरकारका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले बुधबार मन्त्रीपरिषद् विस्तार गर्दा दुुलालले तेस्रो वरियातको मन्त्री पाएका हुन् ।
दुलाल सिन्धुपाल्चोक २ (क) बाट निर्वाचित भएका हुन् । यसअघि बागमती प्रदेश सरकारको उनी पहिलो सामाजिक विकासमन्त्री थिए ।
सिन्धुपाल्चोक सदरमुकाम चौतारामा बन्दै गरेको मिनिरंगशाला, प्रदेश सरकारको अवधारणमा त्रिभुवन विश्वविद्यालय जत्तिकै शक्तिशाली महाविद्यालयल जस्ता महत्वकांक्षी योजना कार्यान्वयनबाट मन्त्री दुलाल यस क्षेत्रमा लोकिप्रिय छन् ।
प्रदेशका सबै जिल्लामा समानुपातिक ढंगले बाँडेका विकासे कार्यक्रमबाट दुलाल प्रदेशकै आशा र भरोसाका नेता बनेका छन् ।
चौतारा साँगाचोेगढी नगरपालिका–७ स्थायी घर भएका मन्त्री दुलाल लडाकु पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् । तत्कालीन जनसेनाको बिग्रेडिएर कमाण्डर दुलाल सानोसिरुवारीस्थित सिद्धिगणेश माविका उत्पादन हुन् ।
उक्त विद्यालयबाट एसएलसी पहिलो पटक प्रथम श्रेणीमा उत्तीर्ण गरेका उनी त्यसपछि काठमाडौँमा संगठनको काम गर्दै भूमिगत भएर जनयुद्धमा होमिए ।
जनमिलिसियाको भूमिकाबाट आन्दोलन थालेर बिग्रेडिएर बन्नु अघि दुलालले धेरै युद्धमोर्चाको कमाण्ड सम्हाले । धेरै पटक मृत्युको मुखमा पुगेर बाँचेका दुलालले शान्ति प्रक्रियाको सुरुवाती सयममा सुप्रिमो प्रचण्डको सुरक्षा युनिटमा रहेर मुख्य भूमिका निर्वाह गरेका थिए ।
तत्कालीन सेना समायोजनमा स्वेच्छिक अवकाश रोजेर भूगोलको राजनीति थालेका उनी कुनै बेला चौतारा नगरको मेयर बन्ने हुटहुटीमा थिए । राजनीतिक गुरु अमानसिंह तामाङले मेयर उम्मेदवार नछोड्ने भएपछि अघिल्लो पुस्तालाई आफूले पाएको टिकट सुम्पिएर दुलाल राजनीतिमा खरो उत्रिए ।
त्यागकै उपज दुलाल बागमती सरकारमा शक्तिशाली भौतिकमन्त्री बन्न पुगेका छन् ।
उनी दोहोरिएर बागमतीको मन्त्री बनेका हुन् । यसअघि उनले बागमती सरकारको शक्तिशाली सामाजिक विकासमन्त्री ३३ महिना चलाए ।
२०७४ को चुनावमा क्षेत्र नं. २ (क) बाट लोकप्रिय मतले विजयी दुलाल यस पटक मतान्तर बढाउँदै सम्भवत मुलुकमै प्रदेशसभातर्फ सर्वाधिक उत्कृष्ट १० नेतामध्ये बढीमतान्तरले जित्ने सांसद बने ।
तपाईको प्रतिक्रिया दिनुहोस