बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठराजनीतिबागमती सरकारले पूर्णता पायाे, सिन्धुपाल्चाेकका दुलाल भाैतिकमन्त्री

बागमती सरकारले पूर्णता पायाे, सिन्धुपाल्चाेकका दुलाल भाैतिकमन्त्री



नवनियुक्त भौतिक मन्त्री दुलाल सिन्धुपाल्चोकका हुन् । उनी सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित भएका थिए ।


हेटौंडा-मुख्यमन्त्री  शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारकाे मन्त्री परिषद् बुधबार विस्तार गरेका छन् । यससँगै बागमती सरकारले   पूर्णता पाएको छ ।

११ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्री  जम्कट्टेलले बाँकी सदस्य नियुक्त गरेर सबै मन्त्रीहरुको जिम्मेवारी ताेकेका हुन् । नवनियुक्त मन्त्रीहरुले बुधबारै  प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।

माओवादी केन्द्रबाट निर्वाचित गंगा नारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमारी मोक्तानले सामाजिक विकास मन्त्री, युवराज दुलालले भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा शपथ लिएका हुन्।

त्यस्तै, एमालेबाट निर्वाचित केशव प्रसाद पोखरेलले कृषि तथा पशुपन्छी विकास मन्त्री, रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्री, एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रीको रुपमा शपथ लिएका हुन्।

त्यस्तै, राप्रपाबाट निर्वाचित डम्बर तामाङले पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्टले वन तथा वातावरण मन्त्रीको रुपमा शपथ लिएका हुन्।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथ लिएकै दिन गत पुस २६ मा एमालेका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा र राप्रपाका उद्धव थापाले बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका थिए। बुधबारको मन्त्रिपरिषद् विस्तारमा थापाले खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यसअघि कार्यदलकाे सिफािरिसकाे आधारमा मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालयकाे स‌ंख्या १४ बाट घटाएर ११ बनाएका थिए ।

नवनियुक्त भौतिक मन्त्री दुलाल सिन्धुपाल्चोकका हुन् । उनी सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित भएका थिए ।

२०७४ मा यसै क्षेत्रबाट निर्वाचित दुलाल बागमती सरकारको पहिलो मन्त्री परिषद्मा सामाजिक विकासमन्त्री बनेका थिए । झण्डै ३३ महिना मन्त्री बन्दा गरेका कामको कारण उनी सिन्धुपाल्चोकसहित प्रदेशभित्र लोकप्रिय बनेका थिए ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!