बागमतीका मुख्यमन्त्री जम्मकट्टेले पाए विस्वासकाे मत

मुख्यमन्त्री जम्मकट्टेले १ सय ५ मत पाउँदा बागमती प्रदेशकाे सबैभन्दा ठूलाे दल कांग्रेस सांसदले पनि उनकाे पक्षमा मतदान गरे । नेमकिपाले भने मत दिएन ।
चाैतारा-बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाकाे सबैभन्दा ठूलाे एवम् प्रमुख प्रतिपक्षी दल कांग्रेससिहतकाे विश्वासको मत पाएका छन्।
हेटाैँडास्थित प्रदेश संसद भवन मंगलबार भएको मतदानमा १ सय १० सदस्यीय बागमती प्रदेश सभाका १ सय ५ सदस्यले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका हुन्। विश्वासको मतका लागि उनलाई ५६ मत भए पुग्थ्यो।
उनको विपक्षमा ३ जनाले मात्रै मत दिए। सभामुख भुवनकुमार पाठक विश्वासको मतमा सहभागी भएनन्। राप्रपाको एक संसद अनुपस्थित भएका थिए।
प्रदेशसभाको ७ वटा राजनीतिक दलमध्ये ३ सदस्यीय नेपाल मजदुर किसान पार्टी मात्रै मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा उभिएको हो।
मुख्यमन्त्री जमकट्टेललाई नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जनाले विश्वासको मत दिएका हुन्।
क्याटेगोरी : राजनीति
तपाईको प्रतिक्रिया दिनुहोस