नयाँ मन्त्रीले लिए सपथ, यी हुन् प्रचण्डका सारथि

काठमाडाैँ-नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन्।
उपप्रधानमन्त्रीमा राजेन्द्र लिङ्देनसहित अन्य दलका मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन्।
नेकपा एमालेबाट एक राज्यमन्त्रीसहित ८ जना मन्त्री बनेका छन्। त्यस्तै, माओवादी केन्द्रबाट एकजना राज्यमन्त्रीसहित र प्रधानमन्त्रीसहित ५ जना मन्त्री बनेका छन्।
त्यस्तै, राप्रपाबाट एक राज्यमन्त्रीसहित ३ मन्त्री बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानसहित २ मन्त्री र एक राज्यमन्त्री बनेका छन्।
एमालेबाट विमला राई पौडेल-परराष्ट्र, पदम गिरी-स्वास्थ्य मन्त्रालय, भगवती चौधरी-महिला बालबालिका र हरि उप्रेतीले रक्षा मन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।
माओवादीबाट रेखा शर्मा-सञ्चार तथा सूचना प्रविधि, सुदन किराती-संस्कृति तथा पर्यटन, अमनलाल मोदी-सामान्य प्रशासनमन्त्री र सुशिला श्रीपालीले पर्यटन राज्यमन्त्रीकाे सपथ लिएका छन् ।
रास्वपाबाट डोलप्रसाद अर्याल-श्रममन्त्री, शिशिर खनाल-शिक्षा मन्त्री र तोसिमा कार्की-स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।
राप्रपाबाट राजेन्द्र लिङ्देन-उपप्रधान तथा ऊर्जा, ध्रुवबहादुर प्रधान-कानुनमन्त्री, विक्रम पाण्डे-सहरी विकासमन्त्री र दीपक सिंह, ऊर्जा राज्यमन्त्री बनेका छन् ।
प्रधानमन्त्रीः
–पुष्पकमल दाहाल प्रचण्ड
उपप्रधानमन्त्रीहरूः
–विष्णु पौडेल, अर्थमन्त्री
–नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधारमन्त्री
–रवि लामिछाने, गृहमन्त्री
–राजेन्द्र लिङ्देन, ऊर्जामन्त्री
मन्त्रीहरूः
–ज्वालाकुमारी साह, कृषिमन्त्री
–दामोदर भण्डारी, उद्योगमन्त्री
–राजेन्द्रकुमार राई, भूमि, व्यवस्था तथा सहकारी मन्त्री
–अब्दुुल खान, खानेपानी तथा सरसफाइमन्त्री
–विमला राई पौडेल, परराष्ट्रमन्त्री
–पदम गिरी, स्वास्थ्यमन्त्री
–भगवती चौधरी, महिला बालबालिका मन्त्री
–हरि उप्रेती, रक्षा मन्त्री
–रेखा शर्मा, सञ्चारमन्त्री
–सुदन किराती, संस्कृतिमन्त्री
–अमनलाल मोदी, सामान्य प्रशासनमन्त्री
–सुशिला श्रीपाली, पर्यटन राज्यमन्त्री
–डोलप्रसाद अर्याल, श्रममन्त्री
–शिशिर खनाल, शिक्षामन्त्री
–तोसिमा कार्की, स्वास्थ्य राज्मयन्त्री
–ध्रुवबहादुर प्रधान, कानुनमन्त्री
–विक्रम पाण्डे, सहरी विकासमन्त्री
–दीपक सिंह, ऊर्जा राज्यमन्त्री
क्याटेगोरी : राजनीति
तपाईको प्रतिक्रिया दिनुहोस