बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठराजनीतिबागमती सभामुखमा राप्रपा महामन्त्री भुवन पाठक निर्वाचित

बागमती सभामुखमा राप्रपा महामन्त्री भुवन पाठक निर्वाचित


राप्रपा महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् ।


काठमाडौं-बागमती प्रदेशसभा सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक निर्वाचित भएका हुन् ।

राप्रपा महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् । उनको विपक्षमा ३९ मत परेको छ भने ७ जना प्रदेशसभा सदस्य तटस्थ बनेका छन् ।

शुक्रबार नै बागमती प्रदेशसभाले प्रमुख विपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!