शनिबार, असोज ६, २०८०
गृहपृष्ठराजनीतिबागमती सरकार तीन सदस्यीय, काे के मन्त्री ?

बागमती सरकार तीन सदस्यीय, काे के मन्त्री ?


चाैतारा-बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्री परिषद् विस्तार गरेका छन् ।

उनले दुई मन्त्रीलाइ जिम्मेवारी दिँदै तत्काललाइ तीन सदस्यीय मन्त्री परिषद् बनाएका हुन् ।

एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीकाे जिम्मेवारी पाएका छन् ।

राप्रपाका संसदीय दलका नेता उद्धव थापा बिना विभागीय मन्त्री बनेका छन् । तत्कालाई उनकाे मन्त्रालय ताेकिकएकाे छैन ।

नवनियुक्तमन्त्रीले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मंगलबार सपथ लिएका छन् । यसअघि मुख्यमन्त्री जमकट्टेलले प्रदेश प्रमुखककाे कार्यालयमा पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेका थिए ।

मन्त्रालय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूका विचमा छलफल गरेर टुंग्याइने मुख्यमन्त्री जमकट्टेलले बताए । उनले बागमती प्रदेशमा बढीमा ११ वटा मन्त्रालय बनाइने बताएका छन् । पछिल्लो मन्त्रिपरिषदमा बागमती प्रदेशमा १४ मन्त्रालय थिए । ४ राज्यमन्त्रीसहित १८ मन्त्री भएपछि प्रदेश सरकारको आलोचना हुँदै आएको थियो ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!