बागमतीकाे मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त

जम्मकट्टेललाई माओवादी, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाल पार्टीका गरि ७० जना सांसदको समर्थन
चाैतारा-बागमती प्रदेशकाे मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । उनी माओवादी संसदीय दलका नेता हुन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार जम्मकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
जम्मकट्टेलले माओवादी, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाल पार्टीका गरि ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए।
जम्मकट्टेल यसअघिको कार्यकालमा आन्तरिक मामिला र अर्थ मन्त्री बनेका थिए। ११० सदस्यीय बागमती प्रदेश सभामा सरकार बनाउन ५६ सिट चाहिन्छ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुकाे बैठककाे भागबण्डाअनुसार बागमतीकाे नेतृत्व माओवादीकाे भागमा परेकाे थियाे । सहमतिअनुसार जमरकट्टेलले आधा कार्यकाल मुख्यमन्त्री चलाउने छन् । बाँकीआधा कार्यकाल एमालेले लिने छ ।
बागमतीमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी पनि सत्ता गठबन्धनमा मिसिएको छ। बागमतीमा नेकपा माओवादी केन्द्रका नेता जम्मकट्टेलले मुख्यमन्त्रीमा दाबी गर्दा समाजवादीका सातजना सांसदले समर्थन गरेका छन्।
जम्मकट्टेललाई एमालेका २७, माओवादीका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पर्टीका २ जना सांसदले समर्थन गरेका छन्।
प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३७ र नेपाल मजदुर किसान पार्टीका दुइ जना सांसद छन्।
क्याटेगोरी : राजनीति
तपाईको प्रतिक्रिया दिनुहोस